arrow

लेस्टरलाई रोक्ने चौथो स्थान भित्र पर्न संघर्षरत म्यानयुको दाबी

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Manu_leceister.jpg.jpeg
काठमाडौ। गत बर्ष रेलिगेशनबाट जोगिएको लेस्टर सिटी यसपालि उपाधि जित्ने होडमा पहिलो स्थानमा रहेको छ। ३५ खेलमा ७६ अंकका साथ पहिलो स्थानमा रहेको लेस्टरलाई उपाधि जित्न बाँकी रहेको तीन खेलमा तीन अंक ल्याउनु पर्ने छ। 
 
उसलाई पच्छ्याईरहेको टोटनह्याम हटस्पर्स ३५ खेलमा ६९ अंकका साथ लेस्टरले गल्तिहरु गरेमा उपाधि आफ्नो  हुने दाउमा रहेको छ। 
 
सरसर्ती हेर्दा लेस्टरले सजिलै उपाधि जित्ने भन्न सकिएला तर ईतिहास रच्न लागेको लेस्टरलाई आफ्नै दवाब परेको छ। हटस्परले १ खेल हार्दिएको खण्डमा लेस्टरले कुनै खेल नजिती उपाधि चुम्ने छ। 
 
लेस्टरका म्यानेजर रानियरीले भनेका छन् 'अमेरिकी चलचित्रको जस्तो सुखद अन्त गर्नु महत्वपुर्ण हुनेछ'। ' यो अविश्सनिय र एतिहासिक हो। हामीलाई थाहा छ' उनले अगाडी भने बिबिसी लेख्छ। 
 
'यो राम्रो मौका हो तर यसकालागि हामीलाई धयानकेन्द्रित गर्नु पर्नेछ। शान्त र समय कुर्नु पर्ने छ' रानियरीले भनेका छन्। 'सबैकुरा हाम्रै हातमा रहेको छ र हामीले निरन्तरता दिनु पर्छ , मैले भनेको छु।' उनले भने। 
 
म्यानचेस्टर युनाईटेडका साथ हुने खेलमा जीतेमा लेस्टरले उपाधि जित्ने छ। युनाइटेडका म्याानेजर लुईस भान गालले लेस्टरलाई जित्ने नदिने भनेका छन्। 'लेस्टरको उपाधि जीतलाई केहि लम्ब्याउने छौं, हामीलाई पनि चौथो स्थानकालागि अंक चाहिएको छ।' गालले भने। 
 
' यो सप्ताहअन्तमा हामी उनीहरुलाई जित्ने दिने छैनौं। एकहप्ता पछि उनीहरु बिजेता भए हुन्छ' गालले भने। 
 
आफ्ना स्टार खेलाडि जेमी भार्डी बिना मैदान मा उत्रिने लेस्टरलाई म्यानयु बिरुद्ध गोल जीत निकाल्न गाह्रो पर्ने छ। म्यानयु आफु पनि चौथो स्थानको होडमा रहेको छ। भार्डीलाई वेष्टह्याम बिरुद्ध रातो कार्ड देखाइएको थियो। उनलाई २ खेल प्रतिबन्ध लगाउने निर्णय भएको थियो। 
 
म्यानचेष्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा लेस्टर बिजयी भएमा उपाधि जित्ने छ। सन् १९९२मा प्रिमियर लिग शुरु भएपछि म्यानचेस्टर युनाईटेड, आर्सनल, म्यानचेस्टर सिटी र चेल्सीले मात्र उपाधि जितिरहेकाछन्। सन् ९४-९५को सिजन ब्ल्याकबर्न रोभर्सले जितेको थियो। 
 
चार टोलीको प्रभुत्व लेस्टरले तोड्ने निश्चित रहेको छ। लेस्टरले अब उपरान्त खराब खेलेमा टोटेनहयामले उपाधि जित्ने छ जुन प्रिमियर लिगमा उपाधि जित्ने नयाँ टोली नै हुनेछ। 
 
लेस्टरका ब्यावस्थापक रानियरीले 'स्टाईल'मा उपाधि जित्ने भनेका छन्। उनले त्यो स्टाईल कहिले देखाउँछन विश्वका फुटबलप्रेमीहरु प्रतिक्षामा रहेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ