arrow

अनेसास पोर्चुगलको अध्यक्षमा स्पन्दन बिनोद

logo
भरत प्रधान,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
spandan-binod.gif

काठमाडौं। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलमा नयां नेतृत्व चयन भएको छ । राजधानी लिस्बनमा सम्पन्न भएको समाजको नवौं अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको हो । 

जसको बरिष्ठ उपाध्यक्षमा बद्रिबाबु पोखरेल चयन भएका छन् भने दुई उपाध्यक्षमा सवी श्रेष्ठ र विशेष आत्रेय निर्वाचित भएका छन् । समाजको महासचिवमा अर्जुन बाराहाली र सचिवमा शम्भु सिलवाल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा बिजय गुरुङ र सह–कोषाध्यक्षमा बिद्या आचार्य  सर्वसम्मत भए । 

यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन्। 
 
समाजले पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमाललाई समाजको संरक्षकमा चयन गरेको छ । यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर अर्का आईसिसी सदस्य रविन अधिकारी,  एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाई.वी. गुरुङलाई चयन गरेको समाजले जनाएको छ । 

बिगत लामो समयदेखि साहित्यीक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुदैं हाल अध्यक्षमा निर्वाचित भएका हन् । 

नवनिर्वाचित अध्यक्ष स्पन्दनको गत बर्ष युरोपको अन्तिम बिन्दु पोर्चुगलको काबो दा रोकाबाट एकैपटक दुई वटा गजल संग्रह "भिजाएर गयौं" र "अविरल स्पन्दन" बिमोचन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ