arrow

नेपालगञ्जमा कोरोना संक्रमित थपिदा हुम्लामा चिन्ता

हुम्ला भित्रिएका करिव २५ सय मध्ये १सय ४३ जनाको मात्र स्वास्थ्य परिक्षण

logo
जनकबहादुर शाही
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
humla-airport-passengers.gif

हुम्ला। कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा १६ जना कोरोना संक्रमित भेटिएपछि हुम्लामा चिन्ता थपिएको छ। चिन्तासँगै हुम्ला कोरोनाको उच्च जोखिममा देखिएको छ । भारतसँग सिमाना जोडिएको नेपालगंजमा संक्रमितको संख्या बढिरहेको छ ।

स्थलमार्ग र जहाजबाट सयौको संख्यामा हुम्लाका नागरिक घर फर्किएका छन् । उनीहरुको कुनै चेकजाँच गरिएको छैन । जिल्ला बाहिरबाट हुम्ला आएका सबै नागरिकको कोरोना परीक्षण हुन सकेको छैन । बैशाख १८ गते देखि स्थलमार्ग र जहाजबाट उद्दार गरिएका १ हजार २ सय ५७ नागरिक घर फर्किएको तथ्य प्रहरीसंग छ ।

हुम्ला भित्रिएका १ हजार २ सय  ५७ सय जना नागरिकहरु कसैको पनि स्वास्थ्य परिक्षण गरिएको छैन । अहिले जिल्लामा कोरोना परिक्षण गर्ने र्यापीट टेस्ट किट अभाव  छ । भएका किट उद्धार गरि हुम्ला ल्याईने नागरिकको टेस्ट गर्ने भनेर जिल्लामा पुगिसकेका आरडीटी किट कर्णाली प्रदेश सरकारले फिर्ता लगेपछि जिल्लाका क्वारेन्टिनमा बसेका कसैको पनि कोरोना परीक्षण गर्न सकिने अबस्था नभएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

बन्दाबन्दीकै क्रममा देशका बिभिन्न ठाउँबाट उद्धार गरिएका नागरिकलाई कुनै परीक्षण नगरी घर फर्काइएको छ । योसंगै हुम्लामा करिव २५ सय बढी नागरिक घर फर्काइएकाहरु मध्ये १सय ४३ जनाको मात्र परिक्षण गरिएको प्रमुख सिंहले बताए।  

हुम्लामा पछिल्लो समय कोरोनाको जोखिमबाट बच्न खुकुलो रहेको बन्दाबन्दीलाई थप कडाइ गरिएको छ । केही दिनअघि मात्रै नेपालगंजबाट हुम्लाका केही व्यक्तिहरुलाई हवाई मार्गबाट उद्धार गरिएको थियो। नेपालगंजबाट माथिल्लो हुम्लाका बासिन्दाहरुलाई उद्धार गरिरहेको बेला नेपालगंजमा कोरोना संक्रमित देखिएपछि बन्दाबन्दीमा थप कडाई गर्न जिल्ला नै सिल गरिएको हुम्लाका प्रहरी प्रमुख डिएसपि रामप्रसाद घर्तीमगरले बताए ।

स्थानीय प्रशासनले बिरामी बाहेक कसैलाई पनि आवतजावत गर्न र घर बाहिर निस्कन समेत रोक लगाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु जिल्ला भित्रिने बिभिन्न नाका र चोक चोकमा अरु बेला भन्दा ठूलो संख्यामा परिचालन गरिएको छ ।

प्रदेश सरकारले स्थानीय तहसंगको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार गरेपछि हुम्लामा कोरोनाको त्रास बढेको छ । बैशाख १८ गते यता बिना चेक जाँच जिल्ला बाहिरबाट भित्रिएका सबै क्वारेन्टिनमा बसेपनि आफन्तसंग भेटघाट गर्ने गरेकाले कोरोना भाइरसको संक्रमण फैलिने हो कि भन्ने सन्त्रास हुम्लामा झन बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ