arrow

कोरोनाको उच्च जोखिम भन्दै ७ दिनका लागि हुम्ला जिल्ला सिल

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
humla-simkot-police.gif

हुम्ला। प्रदेश ५ को नेपालगञ्जमा कोरोना संक्रमण देखिएपछि हुम्ला जिल्ला ७ दिनको लागि सिल गरिएको छ। सोमबार कर्णाली प्रदेश सरकारले पुरै प्रदेश नै शिल गर्ने निर्णय गरेसंगै हुम्ला जिल्ला पनि सिल गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताईन । सोमबार हुम्ला जिल्लास्तरिय कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका बैठक बसि हुम्ला जिल्ला नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको प्रजिअ भट्टराईले बताईन । 

नेपालगञ्जमा कोरोनाका संक्रमीत बढेसंगै हुम्ला जिल्ला पनि उच्च जोखिम रहेको भन्दै ७ दिनका लागि जिल्ला नै सिल गरिएको हो। नेपालगन्जमा भाइरसको संक्रमण देखिएकाले हवाइ उडान सन्चालन गर्दा भाइरसको संक्रमण हुम्लामा पनि फैलिने हो कि भन्ने सन्त्रास बढेकाले जिल्ला नै सिल गरिएको छ ।

प्रदेश सरकारले स्थानीय तहसंगको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसार पोसार गरेपछि  हुम्लामा कोरोनाको त्रास बढेको हो। बैशाख १८ गते यता हुम्लामा स्थलमार्गबाट ७ सय ७४ र जहाजबााट ४ सय ५२ गरि १ हजार २ सय ५७ जना बिना चेक जाच हुम्लामा प्रबेस गरेका छन्। जिल्ला बाहिरबाट भित्रिएका सबै क्वारेन्टीनमा बसेपनि आफन्तसंग भेटघाट गर्ने गरेकाले कोरोना भाइरसको संक्रमण फैलिने हो कि भन्ने  सन्त्रास हुम्लामा झन बढेको छ । 

आईतबार नेपालगञ्जमा एकै दिन ठूलो संख्यामा कोरोनाका बिरामी भेटिएपछि  हुम्ला जिल्लाका खार्पुनाथ र सिमकोट गाउपालिकाले पालिका प्रवेश गर्ने नाकाहरु बन्द गरेको छ । नेपालगञ्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्जमा रहेका हुम्लाबासी आफ्नो स्वास्थ्य चेकजाँच नगरी जहाजबाट सदरमुकाम सिमकोट आई आआफ्नो गाउँपालिका गएर क्वारेन्टीनमा बसेका छन्।

क्वारेन्टीनमा बसेकाहरु केहि आफन्तसंग भेटघाट गर्ने र राती लुकेर आफ्नो घर गई बिहान फेरी क्वारेन्टीनमा आउने  गरेकाले कोरोना भाइरसको संक्रमण फैलिने हो कि भन्ने सन्त्रास हुम्लामा झन बढेको उल्लेख गर्दै खार्पुनाथ गाउँपालिकामा यस्तो कार्य कोही कसैबाट नहोस भनि सोमबारबाट कडाई गरी पालिका प्रबेश गर्ने सबै नाका सिल गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । 

पालिका क्षेत्र भित्र मानिसको आबत जावत बढेसंगै पालिकाले चारैतिरका नाका बन्द गर्ने र सदरमुकाम सिमकोटमा रहेका अति आबश्यक सामान खाद्य सामाग्रीका पसल सामाजिक दुरी कायम राखि २ घण्टा खोल्ने र अन्य पसलहरु बन्द गर्ने पालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ