arrow

सिडेनद्वारा आफ्ना सबै प्रादेशिक समितिलाई रक्तदान गर्न अनुरोध, प्रदेश ५ मा १०८ द्धारा रक्तदान 

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
95598009_951762201910042_31.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको बेला ब्लड बैंकहरूमा रगतको अभावलाई टार्न सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल सिडेन केन्द्रीय समितिले आफ्ना प्रादेशिक समितिहरूलाई रक्तदान कार्यक्रम गर्न भर्चुअल बैठकबाट अनुरोध गरेको छ । 

सिडेन केन्द्रीय कोषाध्यक्ष ई संजय पाण्डेका अनुसार यो कार्यक्रमलाई सशक्त बनाउन सोमबार प्रदेश ५ सिडेनले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्यो । 

सिडेन केन्द्रीय कोषाध्यक्ष ई संजय पाण्डे र नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश ५ सभापति ई कुसुम राज ज्ञवाली समेतको उपस्थिति रहेको बृहत् रक्तदान कार्यक्रममा रक्त संकलन केन्द्र बुटवल, दाङ्ग, भैरहवा, परासी, तौलिहवा र पाल्पामा उपस्थित भइ विभिन्न सरकारी, गैरसरकारी तथा प्राइभेट कम्पनीमा कार्यरत ईन्जिनियरहरुले रक्तदान गरेका थिए । 

बुटवलमा ४३, भैरहवामा २६, दाङमा १०,परासीमा १०, तौलिहवामा १० र पाल्पामा ९ गरि जम्मा १०८ जनाले रक्तदान गरेका थिए । 

यसअघि सिडेन प्रदेश ५ ले कोरोनाको महामारीसंग जुध्न राष्ट्रिय आबिष्कार केन्द्रलाई पिपिइ तथा कोभिड १९ टेस्टिङ बुथ आदि निर्माणमा आर्थिक अभावको समाचार आएसंगै प्रदेश ५ का इन्जिनियरहरुद्वारा आर्थिक संकलन गरी एक लाख नगद राष्ट्रिय आबिस्कार केन्द्रलाई पहिले नै हस्तान्तरण गरिसकेका छन् ।

सिडेन केन्द्रीय समितको अनुरोधलाई स्वीकार गरी बृहत् रक्तदान गरेकोमा सिडेन केन्द्रीय अध्यक्ष ई शंकर प्रसाद पण्डीतले  सिडेन प्रदेश ५ का सभापति ई अनुप चोधरीलाई टेलिफोन मार्फत धन्यवाद ज्ञापन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ