arrow

आर्सनल विजयी, दोस्रो हुन संघर्ष जारी

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Premier_League.JPG.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । शनिबार राति भएको खेलमा आर्सनलले घरेलु मैदानमा रेलिगेशन क्षेत्रमो नर्विच सिटीलाई १–० ले हरायो । आर्सनललाई विजयी गराउन डेनी वेल्बेकले गरेको गोल नै निर्णायक बन्यो । 
 
यो जितले आर्सनले दोस्रो स्थानको स्थानको टोटनह्याम हट्सपरसंग अंक दुरी कम गरेको छ । आर्सनलको अब ६७ अंक भएको छ । लिगमा दुई खेल खेल्न बाँकी छँदा आर्सनल ६७ अंक सहित तेस्रो स्थानमा छ । 
 
लिग लिडर लेस्टरले उपाधि जित्ने लगभग पक्का भइसकेको छ । उनसको ३५ खेलबाट ७६ अंक छ । दोस्रो स्थानको टोटनह्यामको ६९ अंक छ । वेष्टह्याम र म्यान्चेस्टर युनाइटेड शीर्ष चार भित्र पर्न संघर्षरत छन् । यद्यपि, म्यान्चेस्टर सिटी शीर्ष चार भित्रै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ