arrow

संजय दत्तलाई अझै छैन ऋषि कपूरको मृत्युको विश्वास

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
sanja.png

काठमाडौं । गत बिहिबार दिग्गज अभिनेता ऋषि कपूरको निधन भयो। ऋषि कपूरको अचानक मृत्युले बलिउड शोकमा छ।   प्रशंसक देखि ठूला हस्तिहरु, ऋषि कपूरको निधनमा शोक व्यक्त गरेका छन्। फिल्म अभिनेता संजय दत्त पनि ऋषि कपूरसँग धेरै नजिक थिए। अब उनले ऋषि कपूरलाई सम्झँदै एक भावनात्मक पोष्ट साझा गरेका छन्।

ऋषि कपूर अब यस संसारमा छैनन् भन्ने कुराको अहिले पनि विश्वास नलागेको संजय दत्तले आफ्नो पोस्टमा लेखेका छन् । संजयले शेयर गरेको तस्वीरमा उनी ऋषि कपूर र रणबीर कपूरसँग देखिन्छन्।

तस्विर साझा गर्दै संजय दत्तले लेखेका छन्, 'चिन्टु सरले मलाई एउटा कुरा   सिकाउनुभएको  थियो । हामीले आफ्नो काम सधैं अनुहारको मुस्कानका साथ गर्नुपर्छ। अब, यो केहि समय लाग्नेछ चिन्टु सर हामी बीचमा हुनुहुन्न। उहाँ सधैं मेरो लागि एक जेठो दाजु समान हुनुहुन्थ्यो। उहाँ  संसारबाट बिदा लिएको विश्वास लागिरहेको छैन  ।

यस अघि, रणबीर कपूरले बुबा ऋषि कपूरको अस्थि मुम्बईको बाणगंगामा विसर्जित गरेका थिए।सो अवसरमा रणबीर आफ्नी आमा नीतू कपूर, दिदी रिद्धिमा कपूर, आलिया भट्ट र अयान मुखर्जीसँग पुगेका थिए।

बुधवार राती कपूरलाई सास फेर्न गाह्रो भएको कारण एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो।  क्यान्सर पीडित उनको अवस्था गम्भीर भएपछि बुधबार राति अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपूरले बिहीबार बिहान नौ बजे सदाको लागि संसारलाई छोडे । 

अस्पतालको ओछ्यानमा ढल्किरहेको बेला  पनि  कुनै तरिकाले मनोरन्जन गराउन खोजिरहेका थिए। ऋषिसँग पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । 

 बायोग्राफी 'खुल्लम खुल्ला : ऋषि कपूर अनसेन्सर्ड'  पुस्तकमा ऋषि कपूरले एक पटक संजय दत्त उनलाई मार्न उनको अपार्टमेन्टमा पुगेको बताएका छन्। वास्तवमा संजयलाई शंका थियो कि उनको चक्कर टीना मुनीमसँग चलिरहेको छ। यद्यपि नीतू सिंहले सम्झाएर फर्काएकी थिइन् ।

अमिताभ बच्चनको  शोक पत्र

ऋषि कपूर लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। उनका घनिष्ठ मित्र तथा बलिउड महानायक अमिताभ बच्चन उनको मृत्युबाट शोकित छन्। अमिताभ बच्चनले ऋषि कपूरलाई सम्झेर भावनात्मक पोष्ट लेखेका छन्।

अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन्, 'एक पटक राज कपूरले मलाई उनको घरमा बोलाए, त्यसपछि पहिलो पटक मैले एक युवा, उत्साहित र शैतानी चिन्टूलाई देखे। मैले उनलाई आरके स्टुडियोमा देखेको थिएँ जहाँ उनले आफ्नो फिल्म 'बबी' को तयारी गरिरहेका थिए, उनी एक युवा कलाकार थिए जसले सबै जान्न चाहन्थे, सिक्न चाहन्थे। '

अमिताभ अघि लेख्छन्  'उनी सधै आत्मविश्वासका साथ हिडे। उनको चालबाट मलाई महान पृथ्वीराज कपूर जीको धेरै पटक याद आयो। मैले उनको शुरुका चलचित्रहरूमा उनको चालहरू याद गरें।  यो अरु कोही हुन सक्दैन।'

'मैले ऋषि कपूरसँग धेरै फिल्ममा काम गरें। जब उनले आफ्नो लाइनहरु बोल्दथे, तपाईले हरेक लाइनलाई विश्वास गर्नुहुन्छ। उनीसँग अर्को विकल्प थिएन। उनी बिना कुनै शंका  महान थिए। बलिउडमा कसैले पनि गीतमा उनले जतिको राम्रो लिपसिङ गर्न सक्दैनथे ।

अमिताभ सम्झन्छन् 'सेटमा कुनै पनि कार्यक्रम मात्र नभएर अत्यन्त कठिन अवस्थामा पनि हाँस्न अवसर जुराउथे'। अमिताभले अघि लेखेका छन्  'डाइग्नोसिसको क्रममा जतिसुकै गाह्रो भए पनि, उनी चाँडै भेट्ने कुरा गर्थे। यो अस्पतालमा सामान्य जाँच मात्र हो। हामी चाँडै भेट्नेछौं भन्थे। '

अमिताभ कहिल्यै ऋषि कपूरलाई अस्पतालमा भेट्न गएनन्। अमिताभले भने 'जीवनको प्रत्येक क्षणको आनन्द लिनु उनको जीनमा थियो। उनले यो लेजेन्ड राज कपूरबाट पाए। म उनलाई भेट्न कहिले अस्पताल गइन। म उनको हसिलो अनुहारमा उदासीपन देख्न सक्दिन थिए।  तर हामीलाई छोडेर गए पनि उनले अनुहारमा पक्कै मुस्कान लिएर गएको हुनुपर्छ। '

यो पनि पढ्नुहोस :



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ