arrow

पेरुका विपक्षी नेत्री फुजीमोरी जेलमुक्त

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
keiko-fujimori-peru.jpg

लिमा। भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी पेरुकी विपक्षी नेत्री किको फुजीमोरी सोमबार तीन महिनाका लागि जेलमुक्त भएकी छिन्। राजधानी लिमास्थित महिला कारागारबाट जमानतमा बाहिरिने क्रममा नेत्री फुजीमोरीले मास्क र सेतो ग्लोब लागएकी थिइन। जेलबाट बाहिरिनुअघि उनले ट्वीटर मार्फत आफूले तत्कालै कोरोनाभाइरसको परीक्षण गर्ने बताएकी थिइन। पेरुको अदलतले ४४ वर्षीया फुजीमोरीलाई २० हजार अमेरिकी डलर बुझाएसँगै जमानतमा रिहा गर्न आदेश दिएको थियो।

दुई सन्तानकी आमा फुजीमोरीले कोरिल्लोस महिला जेलमा कोरोनाभाइरस संक्रमण हुने खतरा रहेको भन्दै रिहाईका लागि आग्रह गरेकी थिइन। नेत्री फुजीमोरीले घर फिर्ता भएसँगै जारी गरीएको भिडियो सन्देशमा पेरुका कारागारहरुको अवस्था निकै चिन्ताजनक रहेको बताएकी छिन्।

फुजीमोरीलाई दुई महिना पहिले जनवरीमा भ्रष्टाचारको आरोपमा थुनामा राखिएको थियो। फुजीमोरीमाथि ब्राजिलको निर्माण कम्पनी ओडीब्रेख्तबाट सन् २०११ को राष्ट्रपतीय निर्वाचनका बखत आफ्नो पार्टीका लागि १२ लाख अमेरिकी डलर घुस लिएको आरोप छ।

फुजीमोरी पेरुका पूर्व राष्ट्रपति ८१ वर्षीय अल्बर्टो फुजीमोरीकी छोरी हुन्। पेरुमा सन् १९९१ र १९९२ मा भएका दुई वटा आमहत्याका लागि आदेश दिएको आरोपमा अल्बर्टो फुजीमोरी २५ वर्षका लागि जेलमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ