arrow

महामारी विरुद्ध शारीरिक तन्दुरुस्तीको चेतना फैलाउन फिटनेस च्यालेन्ज

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
nepal-run.gif

लण्डन। बेलायतस्थित नियमित दौड र पार्क रनमा लागेका नेपालीहरुको समूह नेपाल रन (www.nepalrun.org) र नेपालसम्म दौड र स्वास्थ्य सम्बन्धि चेतना फैलाउंदै आएको धरान रन समूहले शारीरिक तन्दुरुस्ती सम्बन्धि चेतना फैलाउने उद्देश्यले फिटनेस च्यालेन्ज सुरु गरेका छन् ।

च्यालेन्जको मुख्य उद्देश्य  खानपिन र आधुनिक जीवनशैलीले निस्क्रिय हुँदै गएको शारीरिक क्रियाकलापलाई सुचारु राखेर तन्दुरुस्त रहन र रोगसंग लड्ने क्षमता विकास गर्न दैनिक ब्यायाम गर्ने संस्कारको विकास गर्नु रहेको यसका एक अभियन्ता सन्तोष राईले बताए । राई  विश्वभरका ६ म्याराथन सबै भन्दा कम समयको अन्तरालमा दौडन सफल प्रथम नेपाली हुन् ।

आजको आधुनिक दुनियामा हाम्रो खानपिन र रहन सहनका कारण डाएबिटिज, ब्लड प्रेसर, मुटु रोग, मोटोपना जस्ता विभिन्न समस्याले सताउने गरेका छन् । कोरोना भाइरसको संक्रमणको क्रममा पनि ४-५ जना नेपालीहरुको त हृदयाघातले प्राण नै लिएको छ । “शारीरिक रुपमा तन्दुरुस्त रहे रोग लाग्ने सम्भावना कम हुन्छ र साना तिना समस्या पनि हट्छन्,” विश्वका प्रमुख म्याराथनहरुमा भाग लिइसकेका पाण्डव महतोले भने । उनले आफु निरन्तर दौडेर नै क्यान्सर रोगबाट पूर्णतया मुक्त हुन सकेको बताए । 

एक जनाले १० जनालाई शारीरिक अभ्यास गरेर फोटो या भिडियो राख्न प्रेरित गर्ने र थोरैमा १० पाउण्ड/१० डलर या मुट्ठी दानको रुपमा कोरोना संक्रमणको सहयोग कोषमा जम्मा गरेर ‘परोपकार संस्कार’ पनि विकास गर्नु यसको उदेश्य रहेको अर्का अभियन्ता पत्रकार जगन कार्कीले हाम्राकुरालाई बताए ।  थोरैमा १० पाउण्ड र बढी डोनेट गर्न चाहनेहरुको हकमा कुनै लिमिट नराखिएको कार्कीले बताए ।

कोषमा जम्मा भएको रकम नेपालमा कोरोना संक्रमण रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पीपीई र कोरोना टेस्ट किट किन्नको लागि आवश्यक परेका स्थानहरुमा धरान रन समूहको आधिकारिक संजाल मार्फत  उपलब्ध गराइने बताइएको छ ।

विगत ६ वर्ष देखि निरन्तर पार्क रनमा लागेर आफु सुगरको बोर्डर लाइनमा रहेको बेला नियमित दौडबाट तन्दुरुस्त रहन सफल भएको निलु राई देवानले बताइन् । “आफ्ना परिवार, समाज सबै जनाको सुस्वास्थ्यको कामना गर्ने मात्र हैन, नियमित ब्यायाम गर्न प्रोत्साहन गर्नु नै पुण्य हो, धर्म हो । यसर्थ दैनिक ब्यायाम गरेर तन्दुरुस्त रहन तथा इम्युनिटी बढाउन यो अभियान विश्वभर रहेका नेपालीका घरघरसम्म पुराउन जरुरी छ,” उनले भनिन् ।

कसरी सहभागी बन्ने यो च्यालेन्जमा ?
१. शारीरिक तन्दुरुस्ती अभ्यास गरेको  फोटो  या भिडियो सामाजिक संजालमा राख्ने - (यसको उद्देश्य देखाउन नभएर अरुलाई प्रेरित गर्नु हो । )

२. दशजना आफन्त, साथीहरुलाई त्यसै गर्न नोमिनेट गर्ने । (उद्देश्य हरेक घर-परिवार सम्म यो अभियान पुर्याएर सबै स्वास्थ्य रहन प्रेरित गर्ने )
३. कम्तिमा सानो रकम  २ अन्जुली मुट्ठी दान याने की मात्र  £१० पाउण्ड, १०० रुपैयां, १० डलर, १० रिंगीट - भाट , १० येन , १० दिनार या १० पैसा भए पनि सहयोग गर्ने ( बढीमा १० अंकले गुणन हुने जति रकम पनि गर्न सकिने )

डोनेसनको लागि तलका ३ ओटा विकल्पहरु प्रस्तुत गरिएको छ :
१. कुनै पनि देशबाट रकम संकलन गरेर नेपाल पठाउन नेपालको नम्बर :  AC NO :  216000317001, Dharan Run Samuha - Rastiya Banjiya Bank - Dharan
२. बेलायतमा स्थानीय बैंक ट्रान्सफर गर्न सकिने बैंक डिटेल :  Nepal Run org ,  SC : 40-42-08 ,  Ac no : 12500140
३. विश्वभरबाट पेपल या  कार्डबाट अनलाइन डोनेसनको लागि लिंक :
https://www.justgiving.com/crowdfunding/nepalrun-ritness-challange



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ