arrow

साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीको संख्यामा पनि बृद्धी

हालसम्म साउदीमा १९१ जनाको मृत्यु

logo
अरशद शेष राई,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
corona-infected.gif

साउदी अरेबिया। बिगत लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको कहर बढ्दै गएको बेला साउदी अरेबियामा कोरोना भाइरसको संक्रमित हुनेमा नेपाली श्रमिको संख्यामा पनि बृद्वी भएको छ ।

साउदी अरेबियाको शहर जेद्दामा रहेको नेपालको महावाणिज्य दूतावासले प्रेस बिज्ञप्ती जारी गरि साउदी अरेबियाको शहर जेद्दा क्षेत्रमा २६ जना नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण फेला परेको जनाएको छ। दुतावासका अनुसार संक्रमित मध्ये एक जना उपचार पछि निको भएका छन् भने बाँकी २५ जनाको साउदी अरेबियाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

कोरोना भाइरसको महामारी दिन दिनै बढ्दै गएपछि साउदी अरेबियाले ठूलो संख्यामा स्क्रिनिङ गरिरहेको छ। यो स्क्रिनिङ पछि अधिराज्यभरी नै कोरोना भाइरसको संक्रमितको नयाँ नयाँ बिरामीहरु फेला परिरहेका छन् ।

साउदी स्वास्थ्य मन्त्रालयका अनुसार साउदी अरेबियाको मक्का, मदीना, रियाद, जेद्दा र दम्माम सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हुन्। साउदी अधिराज्यको कुल कोरोनाको ७५ प्रतिशत यिनै क्षेत्रहरुमा पाइएको छ।

साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार देशमा कोरोना भाइरसको १,५५२ जना नयाँ संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या २८ हजार ६५६ पुगेको छ भने मृत्यु हुनेको संख्या १९१ पुगेको छ । जबकि ४,४७४ जना उपचारपछि निको भएका छन ।

नयाँ भेटिएका कोरोना भाइरसको संक्रमितमा १९ प्रतिशत साउदी नागरिक रहेका छन् भने ८१ प्रतिशत बिदेशी नागरिक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ  भेटिएका संक्रमित मध्ये १६ प्रतिशत महिला, ८४ प्रतिशत पुरुष तथा २ प्रतिशत बृद्वा रहेका छन भने ५ प्रतिशत बालबालिका रहेका छन ।

आइतबार दिउँसोसम्म कोरोना भाइरस संक्रमितमा जेद्दा २४५, मक्का २२१, जुबैल १५६, दम्माम १५०, मदीना १३९, बसिह १११ तथा रियाद र सफवा १०९र १०९ जना गरी संक्रमित भेटिएको जनाएको छ । यसै गरी तइफ ६८, अलखोबार ६६, हूफोफ ५५, दहरान ३२, अलमजीरिदाह १७, अल जुल्फी १२ र अल खराब र अल बहामा १०-१० जनामा कोरोना संक्रमित भेटिएका छन । त्यसै गरी कुरैत अल उलिया ७, नर्लाह कतीफ र बिशा ५-५, यानबु ४, बरीदाह र दरियाह ३-३, अल मांडक २, अधुम, सलवा, अलबुखारियाह, अल मजमा, राघ, अर रस तथा बलजुरशीमा एकरएक जना संक्रमित भेटिएका जनाएका छन्।

बिश्वभरी कोरोना भाइरसले महामारीको लिएपछि साउदी सरकारले हरसम्म्भव प्रयास गरेपनि कोरोना भाइरसलाई रोक्न सकेको छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ