arrow

गोविन्दपुर बजारकै बीचमा अध्यक्षले घर बनाउन खोज्दा स्थानियको अवरोध, नगरपालिकाले रोक्यो बनाउन

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
gobindapur-bazar-ratuwa.gif

मोरङ । मोरङको रतुवामाई ५ स्थित गोबिन्दपुर बजारको एउटा घटनाले अगुवाहरुको मनोदशालाई देखाएको छ। स्थानीय गोविन्दपुर बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानीय अगुवा गंगाप्रसाद भगतले बजारको बीचमा नीजि प्रयोजनका लागि टहरा बनाउन थालेपछि स्थानीयले बिरोध जनाए । तर, भगतले स्थानीयको बिरोधलाई कुनै वास्ता गरेनन । 

नगरपालिकाले पटक पटक घर टहरा निर्माण नगर्न सुचना पनि गर्यो‍ । तर, उनले नगरपालिकाको आग्रह र निर्देशनलाई पनि नटेर्दै कोरोनाको सन्त्रासले भय सिर्जना भएको मौका छोपेर बजारको जग्गा नक्साङ्कन गर्ने गरि बजारको बिचमा घर टहरा बनाउन सुरु गरे । उनले जवर्जस्ती बनाउन खोजेपनि बजार ब्यबस्थापन समिति र स्थानियले बिधि र नियम विपरित टहरा निर्माण गरेको भन्दै बनाउदै गरेको टहरा बनाउन रोकिदिए ।

भगत सोही स्थानमा चिया पसल गर्थे । उनले साविकको चिया पसल भएको घर भत्काएर नयाँ घर बनाउने तयारी सुरु गरेको थिए । तर, उनले आफैले मेयरले बासस्थान उठाईदियो, भनेर आरोप लगाउदै हिडेका छन् । 

बजार व्यवस्थापन समितिको अध्यक्षमा गंगाप्रसाद भगतलाई वडा कार्यलयमा दुई बर्ष अघि २ सय मान्छेको अगाडि बजार ब्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । भगत अध्यक्ष भए पछि बजार ब्यवस्थापन समितिको जग्गा संरक्षण हुने धेरैले अपेक्षा गरेका थिए । तर अगुवाले नै बाटो बिराएपछि स्थानी आजित भएका छन् । उदेश्यले अध्यक्ष बनाईयो, तर उनले बजार सपार्ने भन्दा बिर्गान केन्द्रीत भएको स्थानिय व्यवसायीको आरोप छ।  

'सबैले जग्गा दिएको छौ, दुई कठ्ठा तेह्र धुर जग्गामा ड्रेन कट्दा ३ धुर उस्को जाला, हाम्रो पनि गएको छ, अझ मेयर सापले मुआब्जा पनि दिन्छु भन्नुभएको थियो,' स्थानीय बिर्जुकुमार शाहले भने, 'उनले ड्रेन पछाडि घर बनाएका थिए । तर बीचैमा घर बनाउन छोडेर बजारकै बीचमा बनाउन सुरु गरे ।' अध्यक्षले पदिय मर्यादा भुलेर सामाजिक हित विपरित काम त गर्न नहुने साहको भनाई छ । 

मेयर रबिन राईले ड्रेन पछाडि निर्माण हुँदै गरेको उनको घर बनाउन पनि सहयोग गर्ने बताएका थिए, तर भगतले अटेर गर्दै बजारको बीचमा घर बनाउन थालेपछि बजार समितिले बनाउन रोकेको स्थानीय वकिल तामाङले बताए । उनले भने, नम्बरी जग्गा हो भन्दैमा बजारको बीचमा घर बनाउन पाईदैन, उहाँ अध्यक्ष भएर बजारलाई ३ धुर जग्गा दिँदा के हुन्थ्यो ? मेरो पनि नम्बरी जग्गामा बजार प्रवेश गर्ने बाटो छ, मैले बजारको बिकास होस भनेर जग्गा दिएको छु, मेरो नम्बरी जग्गा भन्दै बाटैमा घर बनाए भने के हुन्छ ? अनि बजार कसरी प्रवेश गर्ने ? 
भगतले आफु अध्यक्ष हुँ भन्दै कसैले के गर्न नसक्ने भन्दै विकासबिरोधी काम गरेको उनले जिकिर गरे । 

भगतको हर्कतमा नेकपा निकटका केहि व्यक्तिहरुले सम्झाउनुको सट्टा आगोमा घ्यु थप्ने चेष्टा गरेको स्थानीयको आरोप छ । 

अध्यक्ष भगतले बिना सुचना आएर बनाउदै गरेको संरचना रोकिदिएको आरोप लगाए । 

वडा नम्बर ५ का वडा अध्यक्ष कनैयालाल राजवंशीका अनुसार २०३८ सालमा बजारमा सुरु गरिएको हो । बजारका लागि सँधियार मिल्ने सबैले सहयोग गरेपनि गंगा भगतले सहयोग गरेनन् । भगत बजारको अध्यक्ष बनाएपछि उनकै नेतृत्वमा गतवर्ष नगरपालिकाको बजेटबाट ड्रेन बनाईयो, वडा अध्यक्ष कनैयालालले भने, ड्रेन अगाडि भएको जग्गामा कसैले नमिच्ने भनेर गरिएको सम्झौता आफैले तोड्दै घर बनाउन सुरु गरेपछि बजार समिती र स्थानीयले रोकेका हौ । बजारलाई राम्रो होस भनेर फलाउनु फुलाउनु पर्ने आफैं यस्तो गरेपछि के भन्ने ? 

लकडाउनको बेलामा सार्वजनिक स्थलमा घर बनाईरहेको सुचना आएपछि आफ्नो उपस्थितिमा  स्थानीयले घरको टाँटी हटाएको मेयर रबिन राईले बताए । 

सार्वजनिक स्थलको संरक्षण गर्नुपर्नेमा मिडियाको दुरुपयोग गर्दै अफवाह फैलाएको उनले बताए । 'अन्य पार्टीको साथीहरुले फोहोरी राजनीति  गरेर यस्ता कामलाई प्रोत्साहन गर्न मिल्दैन्',  मेयर राईले भने, विकास गर्न सबैको एकजुट र सहकार्य चाहिन्छ ।' 

अध्यक्ष भगतले चियापसलमा अर्को टहरा थपेपछि मेरो उपस्थितिमा समितिकै साथीहरु र स्थानीयले टहरा हटाएका हुन । मेयर राईले भने, उर्लाबारी बरडंगाको बाटो पनि ब्यक्तिको जग्गाको नक्सामा देखिन्छ, त्यसो भा उहाँहरुले ढाँट लगाएर सडकमा घर बनाउन थाल्नुभयो भने घर बनाउन दिने कि नदिने ? 
 
घर भत्काएको कि बनाउन नदिएको स्थलगत गएर अध्ययन गर्न मेयरले आग्रह पनि गरे। आफुले उनलाई पटक पटक टहरा नबनाउन अनुरोध गर्दै त्यस वापतको क्षतिपुर्तिका लागि सहमति गरौं भन्दा पनि नमानेको मेयर राईको दुखेसो गरे । उनले भने नबुझ्नेलाई बुझाउन सकिन्छ , तर नबुझेको नाटक गर्नेलाई बुझाउन नसकिने रहेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ