arrow

अमेरिकामा कोरोनाको गति उही, मृतक फेरि बढे

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
corona-usa1.jpg

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अझै पनि संक्रमणको गति उही रहेको बताइएको छ । अमेरिकामा सोमबार २४ घण्टाको अवधिमा संक्रमित र मृतकको संख्यामा केही कमी आए पनि मंगलबार फेरि बढेको छ । 

विश्वभर २४ घण्टाको अवधिमा ८१ हजार भन्दा बढी संक्रमित थपिँदा अमेरिकामा मात्रै २४ हजार ६ सय भन्दा बढी थपिएका छन् । त्यस्तै मृतक पनि २ हजार ३३५ जना बढेका छन् । 

अमेरिकामा मृतकको संख्या ७२ हजार २५६ पुगेको छ । अमेरिकाले अनुमान गरेभन्दा यो निकै धेरै हो । 

अमेरिकामा अहिलेसम्म १२ लाख ३७ हजार ४६६ जना संक्रमित भएका छन् । जसमा २ लाखको हाराहारीमा निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ३० हजार १३९ जनालाई संक्रमण भएकामा मृतक २५ हजार २०४ पुगेका छन् । २४ घण्टामा २६० को ज्यान गएको छ । 

२४ घण्टामा सबैभन्दा बढी पेन्सिलभानियामा ३४६ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा न्यूजर्सी रहेको छ । जहाँ ३४१ जनाको ज्यान गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ