arrow

भारतबाट कपिलवस्तु सीमाक्षेत्रमा आएका दुई सय बढी नेपाली बिना परीक्षण भित्रिए, व्यवस्थापनमा प्रशासन मौन

बिना परीक्षण धमाधम भित्रिदा स्थानीय त्रसित  

logo
मणि प्रसाद गैह्रे, 
प्रकाशित २०७७ वैशाख २४ बुधबार
95762301_243466020304047_87.jpg

कपिलवस्तु । नेपाल  भारत सीमा क्षेत्र दश गजा क्षेत्र कपिलवस्तुको सिमावर्ती नाकाबाट मंगलबार मात्र २ सय  सय बढी नेपाली नागरिक भारतवाट नेपाल आएका छन् । 

भारतमा कोरोना तीव्र रुपमा फैलिएसंगै नेपालका विभिन्न स्थानबाट भारतमा मजदुरी गर्न पुगेका सर्वसाधारण फर्केर नेपालतर्फ नियमित रुपमा आइरहेका छन् ।

भारतमा काम नपाउने कम्पनी बन्द हुने गरेपछि खान बस्न समस्या परेपछि अलपत्र परेपछि उनीहरु नेपाल फर्केका हुन् । 

भारत सरकारले सीमाबाट ती नेपालीलाई सहज रुपमा नेपाल छिर्न अनुमति दिएपछि अहिले उनीहरु कपिलवस्तुको सीमा क्षेत्र चाकरचौडा, मर्जादपुर, कृष्णनगर लगायतका नाकामा अलपत्र अवस्थामा  छन् ।

उनीहरु नेपाल छिरे पनि उनीहरुलाई क्वारेनटाइनमा राख्ने अथवा कहां ब्यवस्थापन गर्ने भन्ने विषयमा प्रशासन मौन रहेको बताइएको छ । 

रातिसम्म उनीहरुलाई ब्यवस्थापन गर्न नसके जिल्लामा कोरोनाको संक्रमण फैलन सक्ने खतरा छ ।

उनीहरुले भारतबाट निर्वाध रुपमा नेपाल छिर्न अनुमति पाएको र नेपाल आएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई घर पठाइदिन सहयोग गरेको बताइएको छ ।

भारतको महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतमा कोरोना तीव्र रुपमा फैलिएकाले उनीहरु नेपाल छिरेपछि निकै त्रास बढेको छ  । कपिलवस्तु प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपनि व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौल छ । 

भारतबाट भोकैप्यासै सिमा नाकाबाट नेपाल छिरेका उनीहरुले आफुहरु विचल्लीमा परेको दुखेसो पोखेका छन् । धेरैदिनसम्म पेटभरी खान नपाएको, विष्कुट र चाउचाउको सहायताले बोर्डरसम्म आएको  उनीहरु बताएका छन् । 

प्रशासनले पनि उनीहरुलाई क्वारेनटाइनमा राख्ने अथवा घर फर्काउने भन्नेबारे ठोस निर्णय लिइसकेको छैन । विभिन्न  नाकामा रहेका नेपालीहरु अलपत्र परेपछि गाउंमा छिर्दा कोरोनाको त्रास फैलने समस्या  त्यस्तै भित्रिन नदिँदा   नेपाली नागरिक भौकै बस्न परेको वाध्यता रहेको यशोधरा गाउंपालिका वडा नं ७ का अध्यक्ष चन्द्रप्रकाश दुवेले बताए ।

स्थानीयका अनुसार उनीहरुलाई समयमा व्यवस्थित नगरेमा भागेर जाने खतरा रहेको बताएका छन् । अर्को तर्फ खाना वस्न नपाउँदा भोकमरी तथा रोकको संक्रमण वाट प्रभावित हुने देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडलले गृह मन्त्रालयले लग डाउनको समयमा कोहीलाई पनि नेपाल छिर्न नदिन परिपत्र आएको कारण नेपालमा सहज रुपमा ल्याउने वातावरण नभएको बताए । 

तर पनि कसरी नेपाल वा भारतमा क्वारेन्टाइनमा व्यवस्थापन गर्ने बारेमा भारतिय सुरक्षाकर्मी र नेपालमा स्थानीय तहहरु संग नियमित छलफल गरिरहेको उनले बताए ।

यता नेपाली काँग्रेसस कपिलवस्तुले सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न माग गरेको छ । 

पार्टी सभापति सुरेन्द्रराज आर्चायले नेपाल सरकरले पानी परेको समयमा भौकै सीमामा नेपाल  र भारत जान नपाएर बीचमा अलपत्र नागरिलाई तत्काल वास वस्न र खाने व्यवस्था मिलाउन माग गरेका छन् । 

भोकमरीबाट बचेपछि सरकारको नियम अनुसार कोरोनाको चेकजांच र  क्वारेन्टाइन समय पुरा गरेपछि घर फकर्ने व्यवस्था गर्न आर्चायले तत्काल सरकारसंग माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ