arrow

बजेट बारेमा कांग्रेसद्धारा अर्थविज्ञहरुसंग छलफल, नेतृत्व देउवाको, फेसबुकमा लाइभ

बिहान ९ः३० देखि ११ः३० बजेसम्म छलफल

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । कोरोना भाइरसको असरका बीच बैशाख २६ गतेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो योजना बनाउँदै गएको छ । 

कांग्रेसले बुधबार बिहान कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा उद्योग, वाणिज्य लगायतका सम्बन्धित क्षेत्रका छाता संस्थाहरुको नेतृत्वसंग अन्तरक्रिया गर्दैछ । 

बिहान ९ः३० देखि ११ः३० बजेसम्म छलफल हुन लागेको हो । कांग्रेसको छायाँ अर्थ मन्त्रालय समन्वय समितिको आयोजनामा उक्त छलफल हुन लागेको हो । 

फेसबुक एकाउन्टमार्फत प्रत्यक्ष प्रशारण हुने  पनि कांग्रेसले जनाएको छ । लाइभ प्रसारण हुने लिंक–: https://www.facebook.com/Dr.Mrijalsecretariat/

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ