arrow

गरीवलाई सरकारले चिनेन, हातमा सिलोटो छ अन्न छैन, ११ जनाको परिवार भोकै

खोइ त राहत ? राजु कुसवाँनिया भन्छन् –वडा कार्यालयबाट राहत पाउने भनिए पनि अझै पाएको छैन

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
silauto.jpg

रुपन्देही । राजु कुसवाँनिया बाबुबाजेको पेशालाई अहिले पनि अंगाल्दै आएका छन् । ढुङ्गालाई छिनो र हतौडीको सहारामा फोडेर सिलौटो बनाउने उनमा एउटै मात्र सीप छ । विगत ३५ वर्षदेखि उक्त पेशालाई अंगाल्दै आएका उनी दिनभर सिलौटो बनाउनेमा तल्लिन हुन्छन् ।

सोही पेशाले आफ्नो ८ जना र ससुराली परिवार समेत हेर्दै आएका उनको देशमा जारी लामो समयको लकडाउनले सिलौटो नबिक्दा थप समस्यामा पर्दै आएको बताउँछन् । उनी भन्छन्, ‘लकडाउनले सिलौटो बिक्न छाडेपछि दैनिक हातमुख जोड्न समस्या भएको छ । वडा कार्यालयबाट राहत पाउने भनिए पनि अझै पाएको छैन ।’

लकडाउन अगाडि प्रति सिलौटो ४ सयदेखि ६ सय रुपैयाँसम्म बिक्ने गरेको बताउँदै उनले अहिले सिलौटो किन्न कोही पनि नआउने गरेको बताए ।

स्थानिय तिनाउ नदीका रहेका ढुङ्गा उपयोग गर्दै आएका राजुले सो नदिजन्य संरक्षण गर्दै आएको एक समितिसंग प्रति सिलौटो २ सय ५० रुपैयाँमा किनेर ल्याउने गरेको बताएका छन् । तर पनि उक्त ढुङ्गा पर्याप्त रुपमा पाउन छोडेको र कहिले काँही दाङको भालुवाङ स्थित राप्ती नदीबाट ल्याउने गरेको उनीसंगै सिलौटो बनाउँदै आएकी राजुकी सासु रावडी कुसवाँनियाले बताईन् ।

उमेरले ६ दशक पार गरिसकेकी रावडी व्वाईंसंगै दिनभर छिनो चलाउँछिन् । उनको जिवनचर्या हतौडी र छिनोसंग बित्ने गरेको छ । 

पछिल्लो समय सिलौटोमा मसला पिस्न धेरैले छोडेर विद्युतीय मेसिन मिक्चर प्रयोगमा आएदेखि सिलौटोको व्यापार संकटमा परेको उनको भनाई छ ।

यस्तै बुटवल उप–महानगरपालिका वडा नं ११ देविनगरमा बस्दै आएको कुसवाँनिया परिवारमा हाल दैनिक उपभोग गर्ने खाद्यान्नको नहुँदा परिवारको भोको पेट भर्न निकै गाह्रो भएको बताउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ