arrow

नेपाल पानी जहाज कार्यालयले जहाज किन्नु अघी किन्ने भयो गाडी

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
pani-jahaj-vehicle.gif

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्ष भित्रै आफ्नै देशको झण्डा सहितको पानी जहाज चलाउने भनेपनि अहिलेसम्म त्यसको छाँट देखिएको छैन। बरु प्रधानमन्त्रीको त्यो भनाइको मजाक बनिरहेको छ। 

एकान्तकुनामा रहेको नेपाल पानी जहाज कार्यालयले पानी जहाज संचालनमा ल्याउनु अघी आफ्नो कार्यालयको लागि सवारी साधन खरीद गर्न भने लागेको छ।

पानी जहाज कार्यालयले आफ्नो लागि एक करोड ४३ लाख ९८ हजारको सवारी साधन किन्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। 

कार्यालयले मूल्याङकन समितिको सिफारिसको आधारमा सिप्रदी ट्रेडीङबाट एसयूभी मोडलको चार पाङग्रे सवारी साधन लिन लागेको बिषयमा वैशाख २४ गते बुधवार गोरखापत्रमा सूचना निकालेको हो। 

२०७६ फागुन ८ गते चार पाङग्रे सवारी साधनको लागि गरिएको वोलपत्रमा सिप्रदी छानिएको पनि जनाइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ