arrow

मुग्लानका अलपत्रलाई नौ बहिनीले आर्थिक साहायता गर्ने 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
naubahini.jpg

कञ्चनपुर । कोभिड १९ कोरोना भाइरस नियन्त्रणका नाममा गरिएको लक डाउनले भारत प्रवासमा रहेका नेपालीहरु खाद्य संकटको चरम मार खेपी रहेको बेला  प्युठानको नौ बहिनी गाउँ पालिकाले  आफ्ना नागरिकको जीवन रक्षाका लागि राहत सामाग्रीका लागि आर्थिक साहायता गर्ने निर्णय गरेको छ । 

लक डाउनका कारण भारतमा लाखौं नेपाली नागरिकहरु यतिबेला खाद्यान्न अभावका कारण कतिपय बिचल्लीमा परेका छन भने हजारौं नागरिक स्वदेश फर्कन सीमामै पुगेर शरणार्थी बन्दै सास्ती पाइरहेकै बेला प्युठानको नौ बहिनी गाउँ पालिकाले भने भारतको राँचिमा खाद्यान्न अभावले बिचल्ली परेका आफ्ना नागरिकलाई आर्थिक साहायता गर्ने निर्णय गरेको छ । 

प्युठानको नौ बहिनी गाउँ पालिकाका नागरिक झन्डै ३ हजारको हाराहारीमा भारत रोजगारीमा गए पनि ४० जना खाद्यान्न अभावका कारण बिचल्लीमा परेको खबर पाए पछि उनिहरुको साहायताका लागि १ लाख ९२ हजार रुपैया पठाउने निर्णय गरिएको गाउँ पालिका प्रमुख शिव रिजालले हाम्राकुरालाई बताए । 

गाउँ पालिका प्रमुख रिजालले भने -भारतको राँचीमा खाद्यान्न अभावले कष्टकर अबस्थामा रहेको खबर पाए पछि गाउँ पालिकाले राहत सामाग्री जुटाउन आर्थिक साहायता पठाउने निर्णय गरिएको हो । उनले भने "साहायता रकम पठाउन हामीले गृह मन्त्रालय र परराष्ट मन्त्रालय संग पत्राचार गरिएको छ उताबाट जवाफ आउला र पठाउला भनेर पर्खाइमा छौं । " 

गाउँ पालिका प्रमुख रिजालले भने " लकडाउकको समयमा नेपाल र भारत जहाँ जुन देशका नागरिक भोक र अभावमा छन तिनलाई त्यहिको सरकारले आवश्यक खाद्यान्न सामाग्री राहत दिएर  मानवीय साहायता गर्ने भन्ने दुई देशका सरकार बिच सम्झौता भए पनि हाम्रा नागरिकको त्यहाँको सरकार संग पहुँच पुग्न नसकेर होला बिचल्लीमा परेका छन त्यसकार हाम्रा नागरिकलाई हामीले साहायता गर्नु पर्ने दायित्व भएकोले हामीले खाद्यान्न साहायताका लागी पैसा पठाउने निर्णय गरेका हौं । " 

भारतमा बिहान बेलुकाको छाक टार्न नपाएर भोकभोकै हिडेरै स्वदेश आएका नेपालीहरु नेपाल प्रवेश गर्न नपाइ कतिपय सीमामै भारतीय क्वारेन्टाइनमा कष्टकर बसाइँ बस्न बाध्य भएको बेला प्युठानको नौ बहिनी गाउँ पालिकाले गरेको नागरिक प्रतिको जवाफदेहिता र अभिभावकत्व झल्कने निर्णय सबै स्थानीय तहहरुले अनुशरण गर्न सके मुग्लान छिरेका नेपालीहरुलाई राहत पुग्ने देखिन्छ । 

यतिबेला आफ्नै देश आउन भारत मुग्लान पसेका नागरिक माथी नेपाल सरकार कठोर बनेकै कारण हजारौं नेपालीहरु सीमा क्षेत्रमै बेवारिसे र अलपत्र अबस्थामा रहन बाध्य बनेका छन् । 

एका तिर कोरोना भाइरस संक्रमणको त्रास अर्को तिर अर्काको भुमिमा शरणार्थी जीवन गुजार्न बाध्य पारिएका नेपालीहरुको उद्धार र साहायताका लागि सरकार संवेदनशील बन्न जरुरी भए पनि सरकार उदासिन बन्दा सास्ती भोगी रहेका नागरिकहरुलाई प्युठानको नौ बहिनी गाउँ पालिकाले गरेको निर्णय सार्थक कदम बन्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ