arrow

महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
india-lockdown.jpg

एएनआई । भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् । भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागु गरेपनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ । 

मन्त्रालयले १८ हजार ७२२ जना व्यक्तिलाई र अरु ५३ हजार ७१ ओटा यातायातका साधनहरु नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ ।
लकडाउन उलंघन गर्नेहरुलाई जरिवाना तिराउदा झण्डै तीन करोड भारतीय रुपैया रजश्व संकलन भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेशभरी गरेर दुई लाखभन्दा बढी मानिस अहिले पनि क्वारेन्टाइनमा रहेको र ६४२ जनाले क्वारेन्टाइनसम्वन्धी नियम उलंघन गरेको वक्तव्यमा लेखिएको छ । 

क्वारेन्टाइनको वा लकडाउनको नियम उलंघन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अन्य कुनै गुनासो वा समस्याहरुका बारेमा समेत फोन गरेर जानकारी दिन सकिने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ