arrow

भारतमा कोरोना संक्रमितको दर उच्च, एकैदिन ३५८२ संक्रमित

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । सुरुआती १० हजार संक्रमित पुग्नका लागि ७५ दिन लागेको भारतमा पछिल्लो ४० हजार संक्रमित थपिन मात्र २३ दिन लागेको छ । 

बुधबार ३ हजार ५८२ जना संक्रमित थपिएका छन् । यो संख्यासंगै भारतमा संक्रमितको संख्या ५२ हजार ९८७ पुगेको छ । 

मृतकको संख्या १ हजार ७८४ पुगेको छ । बुधबार एकैदिन ८९ जनाको ज्यान गएको छ । पछिल्लो ६ दिनमा ७०४ जनाले ज्यान गुमाएका छन् । मंगलबार मात्रै एकैदिन १२६ जनाको ज्यान गएको थियो । 

सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । ३७ प्रतिशत मृतक महाराष्ट्रकै हुन् । त्यहाँ ६५१ जनाको ज्यान गएको छ । 

त्यस्तै गुजरातमा ३९६ जनाको ज्यान गएको छ । त्यस्तै मध्यप्रदेशमा १८५ तथा पश्चिम बंगालमा १४४ जनाको ज्यान गएको छ । 

राजस्थानमा ९३, दिल्लीमा ६६ तथा उत्तर प्रदेशमा ६५ जनाको ज्यान गएको छ । मृतकको गति निकै तेज गतिमा बढेको छ । 

संक्रमित कहाँ कति ? 
बुधबार महाराष्ट्रमा १२३३, तमिलनाडुमा ७७१, गुजरातमा ३८०, पंजाबमा २१९, दिल्लीमा ४२८, उत्तर प्रदेशमा ११८, राजस्थानमा १५९ र मध्यप्रदेशमा ८९ जना संक्रमित थपिएको कोभिड१९इन्डियाडटओआरजीले जनाएको छ । 

अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमै १६ हजार ७५८ जना संक्रमित भएका छन् । त्यस्तै गुजरातमा ६ हजार ६२५ जना संक्रमित भएका छन् । 

भारतमा लकडाउन खुकुलो पारिएपछि संक्रमितको संख्या बढ्दै गएको समेत बताउन थालिएको छ । भारतमा १७ मेसम्म लकडाउन बढाइए पनि विभिन्न क्षेत्रमा फरक फरक नियम बनाइ खुकुलो पारिएकाले संक्रमित बढेको बताइन्छ । 

त्यस्तै केही प्रदेशमा लकडाउन अझ बढी बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ