arrow

अमेरिकामा कोरोना संक्रमितको दर घटेन, ट्रम्पले तुलना गरे दोस्रो विश्वयुद्धसंग

ट्रम्पले चीनमाथि फेरि औंला देखाए, लकडाउन उल्लंघन गर्ने सैलुन संचालक जेलमा

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
corona-usa-trump.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको दर अझै घटेको छैन । २४ घण्टामा २५ हजार २५४ जना संक्रमित थपिएका छन् । त्यसैगरी २ हजार ५२४ जना मृतक थपिएका छन् । 

अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ लाख ६२ हजार ८८७ जना संक्रमित भएका छन् भने ७४ हजार ७९५ जनाको ज्यान गइसकेको छ । २ लाख १२ हजार ९६५ जनालाई मात्र निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ३३ हजार ४९१ जना संक्रमित हुँदा २५ हजार ९५६ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ३३ हजार ५९ जना संक्रमित हुँदा ८ हजार ५७२ जनाको ज्यान गएको छ । 

ट्रम्पले तुलना गरे दोस्रो विश्वयुद्ध र सेप्टेम्बर ११ को घटना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीलाई ‘खराव आक्रमण’ को संज्ञा दिँदै चीनमाथि फेरि औला देखाएका छन् । 

उनले यो महामारी दोस्रो विश्वयुद्धमा जापानी बम आक्रमण र दुई दशकअघि ट्वीन टावरमा भएको आक्रमण भन्दा पनि कठिन भएको बताएका छन् । 

ट्रम्पले चीनले सजिलै नियन्त्रणमा लिन सकिने भाइरसलाई नियन्त्रणमा प्रयास नगरेको भन्दै आक्रामक भए । 

सैलुन संचालक जेलमा 
अमेरिकामा लागु भएको लकडाउनको नियम उल्लंघन गरेको अभियोगमा डालासमा एक सैलुन सञ्‍चालकलाई जेल सजाय दिइएको छ।

सेल्ली लुथर नामकी सैलुन सञ्‍चालकले निरन्तर लकडाउन उल्लंघन गर्दै व्यवसाय खोल्दै आएको पाइएपछि उनलाई जेल हालिएको हो । 

स्थानीय समयअनुसार मंगलबार अपराह्न भएको भिडिओ सुनुवाइपछि उनलाई काउन्टी जेलमा पठाइएको हो । 

उनलाई अदालतको अदालतको मानहानी गरेको अभियोग समेत लागेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ