arrow

कश्मीरमा हिजबुल मुजाहिदिनका शीर्ष कमाण्डर नायकू मारिए

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
Capture9.JPG

काठमाडौं । भारतको कश्मीरमा आतंकवादी संगठन हिजबुल मुजाहिदिनका शीर्ष कमाण्डर रियाज नायकू मारिएका छन् । दुई वर्षदेखि मोस्ट वान्टेडको सूचीमा रहेका नायकूलाई सुरक्षाकर्मीले बुधबार मारेको हो । 

आफ्नी बिरामी भएकी आमालाई भेट्न पुलवामाको गाउँ बेगपोरा पुगेका बेलामा सुराकी पाएको प्रहरीले नायकूलाई मार्न सफल भएको हो ।

सुरक्षाबलले नायकूको शवलाई परिवारका पाँच सदस्यहरुको सामुन्ने सोनमर्गको चिहानमा गाडिएको हो । जहाँ पछिल्ला दिनहरुमा आतंकवादीहरुलाई गाडिँदै आइएको छ । 

नायकू मारिएको खवर पाएपछि हजारौं स्थानीय सडकमा निस्केर ढुंगा हानाहान गरेका थिए । पुलिसले पछि उक्त भीडलाई नियन्त्रणमा लिएको छ । 

स्थिति बढ्न नदिन कश्मीरको घाटीमा मोबाइल इन्टरनेट र बीएसएनएलका साथै सबै फोनमा भ्वाइस कल बन्द गरिएको छ । 

नायकूबारे सूचना दिनेमाथि १२ लाख भारु को पुरस्कार राशी रहेको थियो । नायकूमाथि थुप्रै सुरक्षाकर्मीलाई मारेको र अपहरण गरेको आरोप थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ