arrow

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई भारतमा रहेका प्रवासीको पीडा भरिएको पत्र

‘रेमिटेन्स चाहिने तर हामी नेपाली नचाहिने हो ?’ 

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
Untitled-126.jpg

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई भारतमा रहेका प्रवासीले पीडा भरिएको पत्र पठाएका छन् । 

 नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिव खगेन्द्र बहादुर सिंहले सम्पूर्ण प्रवासीको नाममा पत्र लेख्दै भारत प्रवासमा रहेका सुदुरपश्चिमका जनता भारत  कुनै रहरले पर्यटकको रुपमा घुम्न आएको नभई गरिबीका कारणले मजदूरी गर्न आएको बताएका छन् । 

पत्रमा ‘गरिबीको कारणले यो विदेशी भूमिमा ज्याला मजदूरी र सिजिनल काम गरी साँझ बिहान हात मुख जोर्न र आफ्नो आहारा काटी साहुको ऋण तिर्न भारतमा आएका हौं । हामी भारतवासी नेपाली जनताले कहिलै पनि नेपाल सरकार समक्ष कुनै समस्याको समाधानको आशा र गुनासो गरेनौं ।’

पत्रमा अगाडि भनिएको छ, ‘कोभिड १९ को यो बिश्व महामारी शंकटको समयमा हामी नेपालवासी जनता भारत सरकारले लागु गरेको कोभिड १९ ज्ञढ रोग विरुद्ध रोकथामको नियम पालना गर्दै गर्दा रोगले भन्दा पनि भोकले मर्ने अबस्थाले भयभित भएका छौं । यो महासंकटको समयमा                                          हाम्रो सुरक्षित जीवनका लागि सरकारले कर्तव्य निर्वाह गर्न हार्दिक अनुरोध गर्दै  न्यु दिल्ली स्थित नेपाली दूतावासलाई नागरिकलाई सुरक्षित पार्न ठोस निर्देशन गरि नेपाली दूतावासलाई भारतमा  रहेका नेपालीको संख्या र अवस्था सार्वजनिक गर्न लगाईयोस ।’

अगाडि भनिएको छ, ‘प्रवासी नेपालीलाई एकातर्फ महामारीको त्रास छ भने अर्कातर्फ खानपिन र औषधिमुलोको खर्च अभावको पिरलो छ । अन्य देशका नागरिकलाई सरकारले सोधपुछ गरिरहेको अवस्थामा नेपाली नागरिक भने विदेशमा अभिभावकविहीनताको अवस्थामा बस्नुपरेको छ कारण सार्वजनिक गरियोस् ।’

पत्रमा अगाडि लेखिएको छ, ‘आज भारतमा रहेका नेपालीले आफूलाई सहाराविहीन महसुस गरिरहेका छन् । हजारौँ नेपाली भारतमा शरणार्थीजस्तो दयनीय जीवन जिउन बाध्य छन् । आफ्नै आमाले दुत्कारेकालाई सानीमाले कहिलेसम्म दयामाया गर्लान् सरकार ?’

पत्रमा लेखिएको छ, ‘भारतका विभिन्न शहरका गल्लीमा भविष्यका कर्णधार बालबालिका पनि छन् । हामी प्रवासमा  रहेका नागरिकलाई आफ्नो देशभित्र प्रवेश गराएर सिमानामै स्वास्थ्य चेकजाँच गरी १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेर सरकारले अभिभावक हुनुको जिम्मेवारि  पूरा गरोस। अहिले आम भारतवासी नेपाली कामदारको प्रश्न छ कि हामीले पठाएको रेमिटेन्स चाहिने तर हामी नेपाली नचाहिने हो ?’

मुख्यमन्त्रीलाई लेखिएको पत्रमा ‘हामीमाथि आएका समस्याको सुनाई होस् हैन भने प्रवासमा रहेका आम नेपाली नागरिकले सरकारसंग भविष्यमा हिसाब किताब गरि छाड्ने छन् । त्यसैले बेलैमा सचेत हुन हार्दिक अनुरोध गर्दछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ