arrow

नहरको डिलमा युवाको शव, हत्याको आशंका

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
Untitled-127.jpg

बेलवारी । मोरङको बेलबारी ७ मा रहेको नहरको डिलमा बिहीबार बिहान एक जना युवाको शव भेटिएका छ । 

कानेपोखरी गाँउपालिका वडा नम्बर १ होक्लाबारीका का १८ बर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको छ । 

शव पोष्टमार्टमका लागि उर्लावारीस्थित मंगलबारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताए ।

स्थानियले भने मृतक गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकाले हत्या भएको आशंका गरेका छन् । 

प्रहरीले भने पोेष्टमार्टम रिपोर्ट नआएसम्म केही बोल्न सक्ने अबस्था नरहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ