arrow

लकडाउन जस्तो समयमा बिरामीलाई उपयोगी नेपमेड्स 

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
nepmeds.jpg

काठमाडौं । बिरामीहरुका लागि बहुउपयोगी अनलाइन फार्मेशी नेपालमा पनि उपयोगी देखिएको छ । फेरि अहिले चलिरहेको लकडाउनमा त यो अति नै उपयोगी सिद्ध भएको छ । 

युरोप अमेरिका र छिमेकी देश भारतमा पनि अनलाइन फार्मेशी निकै पहिलेदेखिनै चलिरहेका छन् । नेपालमा पनि १० हजार भन्दा बढी औषधि तथा औषधि जन्य सामग्रीहरु लिएर नेपमेड्स नेपाली बजारमा आएको छ । 

मोबाइलबाट प्रेस्क्रिसनको फोटो पठाउँने बित्तिकै सजिलै घरघरमा औषधि पुर्याउने काम नेपमेड्सले गरिरहेको छ ।

के हो नेपमेड्स ? 
नेपमेड्स नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भै करीब १० हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २०,००० भन्दा बढी ग्राहकलाई अनबरत रुपमा सेवा प्रदान गर्दै आइरहेको दावी यसका संचालकको छ । प्ले स्टोर (एन्ड्रोइड प्लेस्टोर) बाट सजिलै नेपमेड्सको डाउन्लोड गरेर प्रयोग गर्न सकिने संचालकले बताएका छन् । 

औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट बाट लिन सकिने बताइएको छ । अझ नियमित रुपमा औषधि सेबन गर्नुपर्ने जस्तै प्रेसर, थाइरइड, सुगर, कोलस्ट्रोल जस्ता बिरामीको लागि त नेपमेड्स बरदान स्वरुप भएको दावी गरिएको छ ।

यस्ता खालका बिरामीलाई एकपटक औषधि अर्डर गरिसकेपछि औषधि सकिनु भन्दापहिलेनै एपले जानकारी गराउने र कम्पनीका प्रतिनिधिहरुले समेत फोन गरी जानकारी गराइदिने बताइएको छ । 

नेपमेड्समा औषधि अर्डर गर्नका लागि फेसबुक, इन्स्टा, टुइटर र भाइबरमा पनि सम्पर्क गर्न सकिने बताइएको छ । प्रतिनिधिहरु अर्डर आएपछि तुरुन्त सेवाप्रदान गर्न कटिवद्ध रहने दावी कम्पनीको छ । 

हाललाई काठमाडौं र भरतपुरमा सेवा सुरु गरेको नेपमेड्सले चाँडै पोखरा, बुटवल र वीरगन्जमा पनि शाखा विस्तारको लागि परेको जनाइएको छ । 

खरीद गरेको औषधि तथा अन्य औषधिजन्य सामग्रीको भुक्तानी डेबिट क्रेडिट कार्ड, खल्ती, इसेवा, प्रभुपे, आई एमई पे वा इ(बैकिङ्ख जस्ता अनलाइन प्रविधिबाट पनि सकिने बताइएको छ ।

हाल कम्पनीले १० देखि २५ प्रतिशतसम्म छुट दिइरहेको पनि बताइएको छ । कम्पनीले निकट भविष्यमा आफ्नो एप्समा अनलाइन डाक्टर कन्सलटेन्सी, ल्याब सेवा, खोप सेवापनि संचालन गर्ने जनाएको छ ।

नेपमेड्सले कसरी दिन्छ सेवा ? 
यसले बिरामीलाई स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सेवा आफ्नो वेबसाइट तथा एपमार्फत उपलब्ध गराउने दावी गरिएको छ । 

विभिन्न सेवाहरूमा छुटको व्यवस्था पनि गरिएको दावी कम्पनीको छ । आमउपभोक्ताले सुलभ मूल्यमा स्वास्थ्य सेवा घरमै बसीबसी प्राप्त गर्न सकून् भन्ने नै नेपमेड्सको प्रमुख उद्देश्य रहेको कम्पनीको भनाई छ ।

नेपमेड्सबाट सामान अर्डर गर्दा पाइने सुविधाबारे यसो भन्छ कम्पनी– 
नेपमेड्स नेपालकै हेल्थ सेक्टरको ठूलो वेब पोर्टल हो, जहाँ १० हजारभन्दा बढी औषधि र स्वास्थ्य सामग्री र त्यसको विवरण राखिएको छ । त्यसैले ग्राहकले विभिन्न वस्तु तथा सेवाहरू तुलना गर्न तथा यससम्बन्धी जानकारी लिन सक्छन् ।

साथै, नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा पहिलो अर्डरमा १२ प्रतिशतको छुट प्रदान गर्दै आएको छ भने त्यसपछिको पुनः खरिदमा १० प्रतिशतको छुट दिइन्छ ।

यसैगरी, अन्य स्वास्थ्य सामग्री खरिद गर्दा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । बैंक, वालेट्स तथा अन्य पेमेन्ट पार्टनरसँग सहकार्य गरी बेलाबेलामा अतिरिक्त छुट समेत दिँदै आएको छ ।

कसरी हुन्छ भुक्तानी ?
नेपमेड्सले विभिन्न बैंक तथा वित्तीय कारोबार गर्ने संस्थासँगको सहकार्यमा आफ्ना ग्राहकहरूलाई भुक्तानीका लागि विभिन्न विकल्प दिएको छ । ग्राहकहरूले अनलाइन बैंकिङ, क्रेडिट, डेबिट कार्ड तथा विभिन्न वालेट्स जस्तै ई–सेवा, खल्ती, आईएमई पेलगायतका प्लेटफर्म प्रयोग गरेर सामान डेलिभरी गर्दा नगद दिएर पनि रकम भुक्तानी गर्न सक्छन् ।

विदेशबाट कसरी खरिद गर्न सकिन्छ ?
एप वा वेबसाइटबाट विदेशमा रहेकाहरूले पनि सामानहरू खरिद गर्न सक्छन् । भिसा कार्ड, मास्टर कार्ड, युनियनपे, अमेरिकन एक्स्प्रेस आदिबाट रकम भुक्तानी गर्न सकिन्छ । सामानको डेलिभरी भने नेपालभित्र मात्र छ ।

औषधि किन्दा डाक्टरको पुर्जा चाहिन्छ ?

काउन्टरबाट बिक्री गर्न पाइने औषधिबाहेकका लागि डाक्टरको पुर्जा अनिवार्य गरिएको छ । नेपमेड्समा एप वा वेबसाइटबाट फोटो खिचेर प्रेस्क्रिप्सन सजिलै अपलोड गर्न सकिन्छ । 

त्यसरी अपलोड गरिएको प्रेस्क्रिप्सन नेपमेड्सको फर्मासिस्टले भेरीफाई गर्छन्, अर्डर कन्फर्मेसनका लागि सेवाग्राहीलाई कल ब्याक गर्छन् र खाने तरिकालगायतको इन्स्ट्रक्सनसहित प्रत्येक औषधि छुट्टाछुट्टै प्याकिङ गरी ग्राहकले मगाएको स्थानमा डेलिभरि गरिन्छ । नर्कोटिक औषधि लिन भने ग्राहकले आफ्नो सक्कली प्रेस्किप्सनसहित फार्मेसीमै सम्पर्क गर्नुपर्ने हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ