arrow

कपिलवस्तुमा पनि भेटियो २ जनामा कोरोना संक्रमण, नाघ्यो सय

logo
नारायण ओली/ मणी प्रसाद गैह्रे
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
nepaljung-corona-victim.jpg

रुपन्देही। कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेर एक सय १ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।

कपिलवस्तुको मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका युवाहरु ५ दिन अगाडी भारतको मुम्वईबाट नेपाल आएका थिए । उनिहरु सामान्य रहेको र बुटवल कोरोना अस्पतालमा लैजाने तयारी भएको बताइएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका २ साविक अभिराव गाविसका हो जो भारतसंग सिमाना जोडिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ती दुईमा कोरोना पोजेटीभ देखिएको हो। 

मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमै रहेका २२ र १६ बर्षिय दुई पुरुषमा कोरोना पुष्टी भएको मन्त्रालय स्रोतले जनाएको हो।  

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।  उनिहरु ५ दिन अगाडी भारतको मुम्वईबाट आएका र आएपछि पकडीको क्वारेन्टइनमा राखिएको थियो । 

नेपालगञ्ज कोरोनाको हटस्पट बनेपछि प्रदेश नम्वर ५ सहित कर्णाली प्रदेशमा उच्च सतर्कता अपनाइएको थियो। यहि बीचमा प्रदेश ५को बाँकेको छिमेकी जिल्ला कपिलवस्तुका थप दुई जनामा कोरोना संक्रमण देखिए पछि यस क्षेत्रमा कोरोनाको त्रास बढेको छ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ