arrow

गरिब देशहरुका लागि छ करोड ७० लाख अमेरिकी डलर माग

logo
एपी,
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
united-nation-headquaters.jpg

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध लड्नका लागि गरिब देशहरुका लागि दुई करोडदेखि छ करोड ७० लाखसम्म अमेरिकी डलरको खाँचो रहेको जनाएको छ। गरिब देशहरुलाई आर्थिक सङ्कट परेकाले तत्काल सहयोग गर्न पनि राष्ट्रसंघले सहयोगी देशहरुलाई बिहीबार आग्रह गरेको छ। 

राष्ट्रसंघको मानवीय सहायता प्रमुख मार्क लोकोकले कोरोना भइरसको महामारीका कारण गरिव देशहरुलाई तीनदेखि छ महिनासम्म निकै आर्थिक समस्या पर्ने बताए। आम्दानीका श्रोतहरु घटेको, रोजगारी गुमेको, खाद्यान्नको अभाव भएको, बालबालिकाहरुले खोप र खाना लिन नपाएकोलगायतका कारणले सङ्कटको सङ्केत स्पष्टसँग देखिएको उनको भनाइ छ।

राष्ट्रसंघले यसअघि गत मार्च २५ देखि नै ३७ सदस्य राष्ट्रलाई कोरोना भाइरसविरुद्ध लड्नका लागि आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै आएको  ।
बिहीबार गरेको आग्रहमा थप नौ देशलाई पनि सहयोगको आवश्यकता रहेको उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन्। थप सहयोगको आवश्यकता परेका देशहरुमा बेनिन, जिबुटी, मोजाम्बिक, पाकिस्तान, फिलिपिन्स, सिएरालिओन, टोगो र जिम्वाब्वे रहेका छन्। अति गरिव मुलुकहरु यसअघि नै अत्यावश्यकता परेका देशहरुको सूचीमा रहेका थिए। ती देशहरुमा आम्दानी, रेमिटेन्स र पर्यटन घटेको र द्वन्द्व, भोकमरी र गरिवी बढेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ