arrow

भारतमा कोरोना संक्रमित बढेको बढ्यै, एकैदिन ३३६४ संक्रमित, कहाँ कति ?

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । सुरुआती १० हजार संक्रमित पुग्नका लागि ७५ दिन लागेको भारतमा पछिल्लो ४६ हजार संक्रमित थपिन मात्र २५ दिन लागेको छ । 

बिहीबार ३ हजार ३६४ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार ३ हजार ५८२ जना संक्रमित थपिएका थिए । 

यो संख्यासंगै भारतमा संक्रमितको संख्या ५६ हजार ३५१ पुगेको छ । 

मृतकको संख्या १ हजार ८८९ पुगेको छ । बिहीबार मृतकको संख्या एकै दिन १०४ पुग्यो । यसअघि बुधबार ८९ जनाको ज्यान गएको थियो । पछिल्लो ७ दिनमा ८०८ जनाले ज्यान गुमाएका छन् । मंगलबार मात्रै एकैदिन १२६ जनाको ज्यान गएको थियो । 

संक्रमित कहाँ कति ? 
बिहीबार महाराष्ट्रमा १२१६, तमिलनाडुमा ५८०, गुजरातमा ३८८, पंजाबमा ११८, दिल्लीमा ४४८, उत्तर प्रदेशमा ७३, राजस्थानमा ११० र मध्यप्रदेशमा ११४ जना संक्रमित थपिएको कोभिड१९इन्डियाडटओआरजीले जनाएको छ । 

अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमै १७ हजार ९७४ जना संक्रमित भएका छन् । त्यस्तै गुजरातमा ७ हजार १३ जना संक्रमित भएका छन् । 

दिल्लीमा ५ हजार ९८०, तमिलनाडुमा ५ हजार ४०९ र राजस्थानमा ३ हजार ४२७ जना संक्रमित भएका छन् । बिहारमा ५५० जना संक्रमित भएका छन् । 

भारतमा लकडाउन खुकुलो पारिएपछि संक्रमितको संख्या बढ्दै गएको समेत बताउन थालिएको छ । भारतमा १७ मेसम्म लकडाउन बढाइए पनि विभिन्न क्षेत्रमा फरक फरक नियम बनाइ खुकुलो पारिएकाले संक्रमित बढेको बताइन्छ । 

त्यस्तै केही प्रदेशमा लकडाउन अझ बढी बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ