arrow

अमेरिकामा कोरोना संक्रमितको संख्या फेरि बढ्यो, मृतक ७६ हजार ९२८ पुगे 

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
trump-corona-usa.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेको छ । केही दिनदेखि २४ घण्टाको अवधिमा २५ हजारको हाराहारीमा संक्रमित बढ्दै आएकामा बिहीबार ३० हजारको हाराहारीमा संक्रमित बढेका हुन् । 

पछिल्लो २४ घण्टामा  २९ हजार ५०२ जना संक्रमित भएका हुन् । बुधबार २५ हजार २५४ जना संक्रमित थपिएका थिए । 

मृतकको संख्या बिहीबार २ हजार १२७ जना बढेका छन् । बुधबार २ हजार ५२४ जना मृतक थपिएका थिए ।  

अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ जना संक्रमित भएका छन् भने ७६ हजार ९२८ जनाको ज्यान गइसकेको छ । २ लाख १७ हजार २५० जनालाई मात्र निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ३७ हजार ४२१ जना संक्रमित हुँदा २६ हजार ३६५ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ३५ हजार १०६ जना संक्रमित हुँदा ८ हजार ८३४ जनाको ज्यान गएको छ । 

अमेरिकामा रहने १६ जना नेपालीको पनि कोरोनाबाटै ज्यान गएको छ । दुई हजार भन्दा बढी संक्रमित रहेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीलाई अहिलेसम्मकै ‘खराव आक्रमण’ को संज्ञा दिइसकेका छन् । 

उनले चीनमाथि नै सबैभन्दा ठूलो प्रश्न खडा गरेका छन् । चीनकै कारण कोरोना फैलिएको भन्दै ट्रम्पले चाइना कोरोना रोक्नका लागि चीनले कुनै पहल नगरेकैले यो दिन आएको पनि उनले आरोप लगाएका छन् । 

उनले यो महामारी दोस्रो विश्वयुद्धमा जापानी बम आक्रमण र दुई दशकअघि ट्वीन टावरमा भएको आक्रमण भन्दा पनि कठिन भएको बताएका छन् । 

ट्रम्पले चीनले सजिलै नियन्त्रणमा लिन सकिने भाइरसलाई नियन्त्रणमा प्रयास नगरेको भन्दै आक्रामक भएका छन् । 

कोरोनाकै कारण चीन र अमेरिकाबीचको सम्बन्ध चिसिदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ