arrow

खेलाडीहरुको टोली लकडाउनमा मजदुर र गरिबलाई खाना खुवाउने अभियानमा, नेविसंघद्धारा सहयोग

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
95641493_904783643316910_35.jpg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवं कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजो संस्थापक मीनकृष्ण महर्जनले लगनखेल डोजोमा मजदुर र गरिबलाई खाद्यान्ह उपलब्ध गराइरहेका छन् ।  

डोजोमा दैनिक ज्याला मजदुर गरी खाने र महालक्ष्मी मन्दिर बटुक भैरब वरिपरि मागेर जिविका चलाउनेहरुलाई लकडाउन अवधिभर खाना खुवाउने महर्जनको अभियानलाई सहयोग पुर्याउनको निम्ति नेपाल विद्यार्थी संघ ललितपुरले १० बोरा चामल, २ कार्टुन तेल, मसला, नुन, तरकारी लगायत खाद्यान्न समान उपलब्ध गराएको छ । 

महर्जनलाई नेविसंघ जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धब दाहाल, सचिब दिपक घिमिरे, सहसचिव रामकृष्ण घिमिरेले हस्तान्तरण गरेका थिए । 

शर्मा, दाहाल र घिमिरेको टोलीले उक्त अधियानलाई प्रत्यक्ष रुपमा खाना बनाउने खाना पस्केर ख्याउने कार्यमा समेत सहयोग गर्दै आई रहेको छ । 

महर्जनको उक्त टीममा १३ औं साग स्वर्ण पदक विजेता बिप्लपलाल श्रेष्ठ, कराँते अन्तर्राष्ट्रिय खेलाडी मुकुन्द्र महर्जन,  किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन बिनोद महर्जन, कराँते प्रशिक्षक ध्रुब खनाल लगायतको टोली रहेको छ । 

महर्जनले चलाएको यो अभियानमा अन्य संघसंस्थाबाट पनि सहयोग आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ