arrow

लम्कीचुहामा ठूलो परिमाणमा काठ बरामद, तस्कर बेपत्ता

logo
गोविन्द बीसी, 
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
96108861_3297731080250555_7.jpg

बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकामा वन कर्मचारीको टोलीले ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ ।

बुधबार नगरपालिकाको वडा नम्बर ८ बचैलाबाट वन कर्मचारीको टोलीले उक्त अवैध काठ बरामद गरेको हो । 

विशेष सूचना अनुसार खटिएको वन कर्मचारीको टोलीले लुकाइछिपाइ राखेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ वटा सालको गोलिया बरामद गरेको सबडिभिजन बन कार्यालय बर्दगोरियाका प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए । बरामद गरिएको गोलिया १५२।८८ क्युफिट रहेको छ । 

वन कार्यालय प्रमुख बोहराको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा काठ तस्करीले आआफ्नो घर नजिकै लुकाएर राखेको भेट्टाएपछि काठ नियन्त्रणमा लिएको जनाएको छ । 

सूचना पाए लगत्तै डिभिजन वन कार्यालय पहलमानपुरको समेत सहयोगमा उक्त ठूलो परिमाणको काठ बरामद गर्न सफल भएको बताइएको छ । 

काठ तस्करीमा संलग्न लम्कीचुहा नगरपालिका वडा नम्बर ८ बचैलाका टेकबहादुर बिष्ट, जयराम जैशी, भुपेन्द्र शाही, लोकेश जैशी, पठी साउँद, श्रीनन्द जैशी, सरस्वती खड्का रहेको वन कार्यालय प्रमुख बोहराले बताए । 

तस्करीमा संलग्न वन कर्मचारीको टोलीलाई देखेर भागेको उनको भनाइ छ । उनीहरूको खोजी कार्य जारी रहेको र पक्राउ आदेश जारी गरि पक्राउ गरिने तयारी भएको वन कार्यालय बर्दगोरियाले जनाएको छ ।

नियन्त्रणमा लिइएको काठ बुधबार नै सबडिभिजन वन कार्यालय बर्दगोरियामा ल्याइएको छ । यसबारेमा आवश्यक अनुसन्धान गरि प्रचलित वन ऐनकानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ