arrow

कोरोनाबाट भारतमा पत्रकारको गयो ज्यान, संक्रमित बढे

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
corona-india.JPG

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारलाई पनि असर पुगेको छ । 

भारतमा केही पत्रकारको ज्यान गएको छ भने सयौं संक्रमित भएका छन् । 

आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको मृत्यु भएको बताइएको छ ।

भारतमा कोरोना सक्रमणको दर बढ्दै गएको छ । भारतमा अहिलेसम्म १८८९ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म ५६ हजार ३८३ जना संक्रमित भएका छन् । पछिल्ला केही दिनयता दैनिक ३ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने सय भन्दा बढीको मृत्यु हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ