arrow

भारतमा रेलवे ट्रयाकमा सुतेका १६ मजदूरको किचिएरै मृत्यु

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
Capture10.JPG

काठमाडौं । भारतमा रेलवे ट्रयाकमा सुतेका १६ मजदूरको किचिएरै मृत्यु भएको छ । महाराष्ट्रको औरंगावादमा मध्यप्रदेश जाँदै गरेका प्रवासी मजुदरको मृत्यु भएको हो । 

करमाड रेलवे स्टेशनको नजिक रेलवे ट्रयाकमै सुतेका मजदूरको किचिएर मृत्यु भएको हो । घाइते ५ जनालाई अस्पतालमा भर्ना गरिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख जनाएका छन् । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई जनही ५ लाख भारु दिने तथा सबै मजदूरको उपचार गर्ने बताएका छन् । 

रेल मन्त्रालयका अनुसार घटना बदनापुर र करनाड स्टेशनको बीचमा भएको हो । शुक्रबार मजदूर ट्रयाकमै सुतिरहेका थिए । उनीहरु हिँड्दा हिँड्दा लखतरान भएर ढलेको अनुमान गरिएको छ । 

त्यही समयमा मालगाडीले किचेर उनीहरुको ज्यान गएको हो । ड्राइभरले देखेर बचाउने प्रयास गरे पनि असफल भएको बताइन्छ । 

प्रहरीका अुनसार मजदूरहरु जालनाबाट भुसावल जाँदैथिए । त्यहींबाट रेल चढ्नु थियो । हिँडिरहँदा थाकेर उनीहरु ट्रयाकमै सुत्न पुगे । तब शुक्रबार बिहान सवा ५ बजे रेलले किच्यो । 

ती सबै मजदूर जलनाको एसआरजे स्टी फ्याक्ट्रीमा काम गर्दथे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ