arrow

कोरोना लक्षित ‘सबैलाई मार’ भन्ने धम्की जापानी मन्दिरमा 

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
yusukuni-shrine.jpg

काठमाडौं । जापानको यासुकुनी मन्दिरमा चीनको वुहानमा लक्षित गरिएको धम्कीपूर्ण भित्तेचित्र भेटिएको छ । जापानी भाषामा लेखिएको भित्तेचित्रमा ग्राफीटीले कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानका वासिन्दालाई लक्षित गरी दिएको धम्की जापानको टोकियोस्थित यासुकुनी मन्दिरमा रहेको सार्वजनिक शौचालयमा फेला परेको हो । 

उक्त धम्कीमा सहरका सबै वासिन्दा ‘सबैलाई मार’ भनिएको छ । उक्त पुरुष शौचालयको भित्तामा लेखिएको धम्कीपूर्ण भित्तेलेखनलाई जापानका एसियाली छिमेकीहरुले विगतको सैन्यताको प्रतीकको रुप्मा लिएका छन् । 

प्रहरीले उक्त घटनालाई सम्पत्ति बिग्रने घटनाको प्रतिकको रुपमा अनुसन्धान गरिरहेको जापानको क्योदोन्यूजडटनेटले जनाएको छ ।

कालो मार्करजस्तोले लेखेको उक्त चेतावनीपूर्ण लेखन गत सोमबार दिउँसो मात्र फेला परेको हो । 

युद्धकालीन प्रधानमन्त्री जनरल हिदेकी तोजोसहित २२ लाख ४० हजार भन्दा बढी युद्ध अपराधमा मारिएका मानिसहरुको उक्त मन्दिरमा सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ