arrow

बेलबारीमा युवक हत्या आशंकामा ११ जना पक्राउ

logo
विवेक मिश्र,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
dead-body-giri.jpg

बेलवारी। मोरङको बेलबारी ७ दौलथपुर स्थित नहरणको डिलमा बिहिबार विहान मृत भेटिएका युवाको हत्याको आशंकामा ११ जनालाई प्रहरीले विहिबार पक्राउ गरेको छ ।

बुधबार साँझ मृतक युवासँगै रहेका ११ जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानरकारी दिए । कानेपोखरी १ होक्लाबारीका आयुष गिरीको शव भेटिएको स्थान र शवको अवस्था हेर्दा अन्यन्त्र हत्या गरी शव नहरको डिलमा फालेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

शवको पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आयुष भने बुधबार दिउँसोदेखि घरबाट सम्पर्क विहिन भएको परिवारले जनाएको छ । बिहीबार बिहान करिब साढे ५ बजे मर्निङवाक गर्नेहरूले उनको शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

गिरी मृत भेटिएपछि घटनाको अनुसन्धान कार्यका लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरीको तीनवटै टोली खटिएको छ । गिरीसहित केहि युवाहरुले बुधबार साँझ मदिरा सेवन गरेका खुल्न आएको छ अनुसन्धामा खटिएका एक प्रहरी अधिकारीले भने उनिहरु विच झगडा हुदा गिरिको मृत्यु भएको हुन सक्ने सम्भावना रहेको बताए ।

शरिरका विभिन्न अंगहरुमा चोट पटक देखीएकोले हत्या भएको हुनसक्ने गीरीका आफन्त तथा स्थानीयको आशंका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ