arrow

भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघ्यो

logo
रासस-एएनआई
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
corona-india-delhi.JPG

नयाँदिल्ली। भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमितको संख्या शुक्रबारसम्म ५६ हजार ३४२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ८८६ जना पुगेको छ । 

संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजा ५३९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।   भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ३७ हजार ९१६ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १८ हजार १२० नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ९८० जना विरामी छन्।

कोराना भाइरसको (कोभिड१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो  ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ