arrow

पुरुषको वीर्यमा पनि कोरोनाको संक्रमण  

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
corona-test.JPG

काठमाडौं । कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने निश्चित भए पनि के के बाट सर्छ भन्ने अझै पूर्ण रुपले प्रमाणित भइसकेको छैन । 

अहिलेसम्म कोरोना लागेको मान्छेले खोक्दा, हाछ्युँ गर्दा छेउँमा बसेको मान्छेलाई सर्छ भन्ने छ । तर परीक्षणको दायरा बढ्दै गर्दा अब पुरुषको वीर्यमा पनि कोरोनाको संक्रमण रहेको तथ्य बाहिर आएको छ । 

चिनियाँ अनुसन्धानकर्ताले कोरोनाको संक्रमण वीर्यबाट पनि सर्ने बताएका हुन् । चिनियाँ अन्वेषकले यो भाइरस यौन सम्पर्कबाट पनि सर्न सक्ने बताएका हुन् । पुरुषको वीर्यबाट कोरोना सर्ने बताइएको हो । 

शाङक्वी म्युनिसिपल अस्पतालले ३८ पुरुष बिरामीहरुको गत जनवरी र फेब्रुअरीमा गरेको परीक्षणमा यसबारे पत्ता लागेको हो । 

जेएएमए नेटवर्क ओपनका अनुसार ३८ मध्ये १६ प्रतिशतमा वीर्यमा पनि कोरोना भाइरसको संक्रमण रहेको पाइयो । 

परीक्षण गरिएकामध्ये ९ प्रतिशतलाई निको भयो । बाँकीको मृत्यु भयो । बेइजिङको चाइनिज पिपुल्स लिबरेसन आर्मी जनरल अस्पतालका डयाङगिङ लि र उनका साथीहरुले सार्स कोभ २ रोगीको वीर्यमा संक्रमण देखिएको र अहिले कोरोना संक्रमितमा पनि देखिएको लेखेका थिए । 

यदि भाइरस पुरुष प्रजनन प्रणालीमा दोहोरिन सक्दैन भने पनि यो जारी रहन सक्छ । सम्भवतः टेष्टको विशेषाधिकार प्राप्त प्रतिरक्षाको परिणामस्वरूप हुन सक्ने पनि विशेषज्ञ टोलीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ