arrow

कोरोना संक्रमित जोलाहनपूर्वा टोलकै

logo
रासस,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
nepaljung-corona-victim.jpg

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना संक्रमित जोलाहनपूर्वा टोलमा शुक्रबार थप एक युवकमा पोजेटिभ देखिएको छ । कोरोना संक्रमण पोजिटिभ देखिएका १६ वर्षीय  वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि सोही ठाउँका २२ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक  यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक संक्रमण देखिएको थियो । दुई दिनअघि बुधबार संक्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो ।
 
श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज  ८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहित बिहीवार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी  छ ।

एक थपिएसँगै बाँकेमा कोरोना संक्रमितको सङ्ख्या २४ पुगेको छ । यही वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो  । शुक्रबार भेटिएका कोरोना संक्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिए ।

बाँके कारागारमा उच्च सतर्कता 
 नेपालगञ्जमा कोरोना भाइरस संक्रमण देखिएपछि बाँके जिल्ला कारागारले उच्च सतर्कता अपनाएको छ ।  संक्रमणको जोखिमलाई ध्यानमा राखी कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरी कारागारमा अत्यावश्यकीय कामबाहेक अन्य व्यक्तिको सम्पर्कमा रोक लगाइएको कारागारका प्रमुख देवेन्द्र श्रेष्ठले जानकारी दिए । 

उहाँका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय जना क्षमता रहेको कारागारमा अहिले ८०५  छन् । उनीहरुलाई मास्क, स्यानिटाइजर जस्ता सामग्रीका साथै हात धुनका लागि पर्याप्त मात्रामा साबुनपानीको व्यवस्था गरिएको छ ।  कारागारमा रहेका दीर्घरोगीलाई भेरी अस्पताल र शिक्षण अस्पतालमा नियमित उपचारको व्यवस्था गरिएको छ । 

 नेपालगञ्जमा साविकको मध्य तथा सुदूरपश्चिमका २५ जिल्लाका कैदीबन्दी आउने गरेका छन् । खासगरी अस्वस्थ कैदीबन्दीलाई उपचारको सुविधाका लागि बाँके जिल्ला कारागारमा ल्याइने गरिएको कारागार प्रमुख श्रेष्ठको भनाइ छ ।
कारागारमा अहिले पनि ८० वर्षसम्मका दीर्घरोग भएका  कैदीबन्दी छन् । अस्वस्थ भई भेरी अस्पतालमा एक हप्तादेखि उपचाररत नेपालगञ्ज ४ का सीताराम वैश्यको बिहीबार निधन भएको छ । 

मधुमेह र उच्च रक्तचापका रोगी वैश्यलाई कमलपित्त  देखिएपछि उपचारार्थ भर्ना भएकै बेला निधन भएको कारागार प्रमुख श्रेष्ठले जानकारी दिए । कारागार प्रमुख श्रेष्ठका अनुसार गनापुरमा आठ बिघा क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी  छ । नौबस्तामा पनि १० बिघा क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ