arrow

चीनमा एक लाखभन्दा बढी व्यक्ति वातावरणीय अपराधमा दोषी ठहर

logo
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
china-flag.png

बेइजिङ। चिनियाँ अदालतहरूले २०१९ मा दर्ता भएका ३६ हजार ७३३ वातावरणीय आपराधिक मुद्दाहरुको फैसला गरेको छ। फैसलामा मुद्दा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेका एक लाख १४ हजार ६३३ व्यक्तिलाई दोषी ठहर गरिएको सर्वोच्च जनअदालत (एसपीसी)द्वारा शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले बढी हो।

गत वर्ष वातावरण अपराधसम्बन्धी ३९ हजार ९५७ मुद्दा दर्ता भएका थिए। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५०.९ प्रतिशतले बढी हो। देशभरका जनअदालतले तीमुद्दाको पहिलो सुनुवाईबाट नै फैसला सुनाएको हो। बाँकी अन्य मुद्दामा थप सुनुवाई आवश्यक रहेकाले तत्काल फैसला नगरिएको प्रतिवेदनमा उल्लेख छ।

वातावरणीय आपराधिक मुद्दालाई सुनुवाई गरेको यो जनअदालतले चौथो पटक हो। अदालतले भनेको छ कि प्रशासनले पर्यावरणीय वातावरणको समयमै पुनःस्थापनाको सुनिश्चितता गर्न विशेष रकमसहित आवश्यक अन्य व्यवस्थापन गर्नेछ। यसका लागि सम्बन्धित संयन्त्रमा सुधार गर्ने र पर्यावरणीय क्षेत्रको सुरक्षाका लागि प्रभावकारी काम गर्ने अदालतले बताएको छ।

एसपीसीले एकै दिनमा वातावरणीय अपराधका ४० विशिष्ट आपराधिक मुद्दाहरूलाई जारी सार्वजनिक गरेको छ भने ती मुद्दा वातावरणीय प्रदूषण  नियन्त्रण तथा अन्त्य, पर्यावरणीय संरक्षण साथै स्रोतहरूको विकास र उपयोगसहित प्रमुख पाँच वर्गमा समेटिएका बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ