arrow

डा गौतमले सामाजिक दुरीको धज्जी उडाए, कार्यकक्षबाट प्रचण्डको फोटो हटाए

नेकपाको राजनीतिक खिचातानी घुस्यो वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
bp-hospital-news-director-g.gif

चितवन। बीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा नबनियुक्त कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सामाजिक दुरीको धज्जी उडाउँदै आफ्नो स्वागतका लागि अस्पतालमा कार्यक्रम राख्न लगाएका छन्।

कोरोनाबाट बच्ने उपायका रुपमा सामाजसक दुरी कायम प्रमुख हो। यसलाई डाक्टरहरुले त अझ बढी पालना गर्छन र गराउँछन। तर भरतपुरको बीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालका डाकटरहरु यसलाई अवज्ञा गर्दै गरेको अवस्थामा भेटीए।

डा गौतमको स्वागतका नाममा माला लगाउने निधारमा टीका र अवीर लगाईने सम्मको काम डाक्टरहरुबाट भएपछि धेरैले त्यसको वोध गरेका छन्।

अरुलाई कम्तिमा एक मिटरको दुरी कायम गर्न सुझाव दिने डाक्टरहरु किन यसरी वेपर्वाह देखिएका भनेर चितवनको चर्चा देशभर छाएको छ।  

डाक्टहरुको चर्चामा डा गौतमको अडानको चर्चा पनि थपिएको छ। पूर्ब प्रधानमन्त्री पुष्पकलम दाहालको तस्बिर कार्यकारी निर्देशकको कोठाबाट नहटाएसम्म पदभार ग्रहण गर्न अस्विकार गरेपछि  गौतमको अडानको चर्चा पनि अहिले चितवनमा मात्र सिमित नरही देशभर पुगेको छ।

अस्पतालमा आयोजित पदभार गहण कार्यक्रममा कार्यक्रम स्थलमा रहेको दाहालको फोटो नहटाए सम्म पदभार ग्रहण नगर्ने गौतमले अडान राखेका थिए। गौतमको सो निर्णय पछि अस्पताल कर्मचारीहरुले पूर्व प्रधानमन्त्री दाहालको फोटो हटाएका थिए ।

गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष समेत रहेका दाहालको फोटो हटाउन लगाउनुलाई चितवनको राजनिति वृतमा चासोको रुपमा लिइएको छ ।

नेकपा नेत्वको सरकार समेत रहेको अवस्थामा गौतमले दाहालको फोटो हटाउन लगाउनुलाई नेकपा भित्रैकै नेताहरुले पूर्ब एमाले र माओवादी बिचको द्धन्द्धको एउटा पाटोको रुपमा अर्थ्याएका छन्।

गौतमलाई सरकारले बिहिबार मात्रै कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । कार्यकारी निर्देशक नियुक्त भए लगत्तै पदभार ग्रहणका समयमा गौतमको व्यवहारको बिषयमा मिश्रीत टिप्पणी भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ