arrow

वडाध्यक्षले भारतबाट आएकी आमालाई क्वारेन्टाइनबाट जबरजस्ती घर लगे

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
Rupandehii-hamrakura-new.jpeg

लुम्बिनी। समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । 

समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव तीन दिनअघि भारतबाट लुकिछिपी नेपाल आएकी थिइन् ।  नेपाल आएको खबर पाएपछि गाउँलेको विरोधपछि उनलाई बेतकुइयाको भैसागाहन मदरसामा राखिएको थियो ।

उनको स्वास्थ्य जाँच नगरिकनै वडाध्यक्षले जर्बस्ती घर लगेको उक्त क्वारेन्टाइनका स्वास्थ विभाग प्रमुख मुन्सीप्रसाद माझीले बताए । उनले भने, ‘वडाध्यक्षज्यूहरुले लैजाने भन्नुभएछ, हामीले त नलैजानुस् भनेकै हो तर उहाँले लगेर जानुभयो । क्वारेन्टाइनमा अहिले २८ जना  छन् । ती सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनमा नेपाल प्रहरीको सुरक्षा टोली  छ ।

क्वारेन्टाइनबाट जर्बजस्ती आफ्नो मान्छे लगेको भन्दै त्यहाँ बसेका अन्य व्यक्तिले पनि अब त्यहाँ नबस्ने भन्दै झगडा शुरु गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले बताए । उनले भने, ‘म जिल्लाभरिका स्थानीय तहका प्रमुखहरुको बैठकमा सहभागी हुन भैरहवा छु, मैले भर्खर सुनेँ । क्वारेन्टाइनमा बसेको मान्छेको स्वाब परीक्षण नगरी घर लैजान मिल्दैन ।

क्वारेन्टाइनमा आएकाहरु सबैको रिर्पोट नेगिटभ आएको छ ।  क्वारेन्टाइनमा बसेको मान्छेलाई यत्तिकै घर लग्न नपाइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनले भने, ‘मलाई जानकारी आएको छैन तर त्यसरी लैजानै मिल्दैन ।मर्चवार क्षेत्र भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी क्षेत्र हो । उक्त क्षेत्रबाट मानिसहरु राति  नेपाल प्रवेश गरिरहेको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ