arrow

बोको हरामलाई निर्मूल पारिने

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
bokoharam.jpg.jpeg
लागोस। नाइजेरियाली रक्षा मन्त्री मन्सुर दान अलीले सम्बीरा जङ्गलमा अखाडा जमाएर बसेका बोको हराम आतङ्कवादीका सबै शिविर र गोप्यस्थलमा आक्रमण गरी निर्मूल पारिने बताएका छन् । बोको हराम सदस्यहरुले मुलुक कै बाक्लो सम्बीसा जङ्गललाई बलियो एक भूमि बनाई लुकेर बसेका छन् । 
 
उक्त जङ्गललाई घेराहाल्ने प्रयोजनले जाम्फारा प्रान्तको उत्तरपश्चिमी क्षेत्रको उपयुक्त सामरिकस्थलमा एक सैनिक व्यारेकसमेत निर्माण भइरहेको समेत उनले जानकारी दिए । बोको हराम आतङ्वादीहरुले विगत छ वर्षयता दसौँ हजार निर्दोष जनताहरुको हत्या गरेको सयौँ युवतीको अपहरण गरेका छन् । 
 
उनीहरुको यस्तो हिंसात्मक उग्रताका कारण दसौँ लाख जनता घरवार विस्थापित भएका छन् । सन् २०१५ को डिसेम्बर महिनादेखि बोको हराम आतङ्कवादीहरुलाई प्राविधिकरुपमा परास्त गरी सकिएको अव उनीहरु सरकारी सेनासँग मुकाबिला गर्न नसक्ने तर गुरिल्ला सैलिमा फाट्टफुट्ट आक्रमण गर्ने स्थितिमा पुर्‍याइएको उनले जानकारी दिए । 
 
क्यामरुन, चाड, नाइजर र बेनिनको संयुक्त सहयोगमा नाइजेरियाले आफ्नो नेतृत्वमा सन्. २०१५ मार्चमा आठ हजार सात सय जना सैनिक संलग्न एक शक्तिशाली बहुराष्ट्रिय सुरक्षा बल खडा गरिएकोले बोको हरामविरुद्ध लड्दै आएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ