arrow

लकडाउनमा तिव्रगति जिवनको क्षती

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
bike-accident.jpg

झापा। झापा जिल्लाको  कमल गाउँपालिका वडा न ५ पाडाजुंगी नजिक रवि पेट्रोल पम्प अगाडिे सुक्रबार साँझ  भएको दूर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको मालवाहक ट्रकले  ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजयराज पंण्डितका अनुसार मृतक चुलाचुली  ४ स्थाइ  बसोबास भएका ३० बर्सिय  रणबहादुर लिम्बु  भएको मृतकको साथमा भएको मतदाता परिचयपत्र बाट खुल्न आएको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ६ ख. ५४०१ नम्बरको ट्रकले ठक्कर दिदा उक्त दुर्घटना भएको थियो ।

साँझ ७:०० बजेको समयमा भएको दूर्घटना पश्चात ट्रक चालक दुर्घटनास्थलबाट  भागेको स्थानीयहरुले बताएका छन् । केहीदिन यता झापामा लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री नबोकेका गाडि समेत खुलम खुल्ला तिब्र गतिमा हिड्ने गरेकोले लापरवाहीका कारण उक्त दुर्घटना भएको स्थानीयहरु बताउँछन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ