arrow

कपिलवस्तुमा तीन नयाँ सङ्क्रमित

logo
रासस,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
corona-virus-human-body.jpg

जीतपुर। कपिलवस्तुमा थप तीन कोरोना सङ्क्रमित पुष्टि भएको छ।  गाउँपालिकाको वडा नं १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सत्र तथा १८ –१८ वर्षीय तीन पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कपिलवस्तुमा कोरोना पोजेटिभको सङ्ख्या पाँच पुगेको छ।

यसअघि त्यहाँ रहेका ६५ मध्ये १२ जनाको परीक्षण हुँदा दुई सङ्क्रमित फेला परेका थिए। अब काठमाडौँको टेकुस्थित प्रयोगशालामा कपिलवस्तुवाट पठाइएको स्वाब परीक्षण गर्न बाँकी नरहेको कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ