arrow

नेपाली कांग्रेस बझाङ-काठमाडौं सम्पर्क समितिले डेरामै पुर्‍यायो राहत 

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
bajhang-rahat.gif

काठमाडौं। कोरोना महामारीका कारण लकडाउनमा बस्नु पर्दा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री नपाएर अप्ठयारामा परेका जिल्लावfसीहरुलाई नेपाली कांग्रेस बझाङ-काठमाडौं सम्पर्क समितिले राहत वितरण गरेको छ।  

बझाङबाट प्रतिनिधिसभा सदस्य रहेका प्रकाश रसाइली स्नेहीको सचिवालयको सहजीकरणमा नेपाली कांग्रेस बझाङ-काठमाडौं सम्पर्क समितिले राहत वितरण गरेको हो। 

बझाङबाट पढाइ, रोजगारी, उपचार तथा अन्य सिलसिलामा राजधानी उपत्यकामा अस्थाई बसोबास गरिरहेका विद्यार्थी, मजदुर, निम्न आय भएका व्यक्ति, बिरामी एवम् कुरुवाहरुलाई नेपाली कांग्रेस बझाङ-काठमाडौं सम्पर्क समितिले डेरासम्मै पुगेरै रातह सामग्री दिएको हो। 

नेपाली कांग्रेस बझाङका सबै अग्रज नेता तथा कार्यकर्ताहरुको साथ र सहयोगबाट राहत वितरण सम्भव भएको सम्पर्क समितिका अध्यक्ष शमशेर कुमार बमले बताए ।

समितिले काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरमा गरी जम्मा ८७७ जनालाई राहत सामग्री उपलब्ध गराएको जनाउँदै बमले समस्यामा परेका बाँकी छुटपिट बझाङ्गीहरुको पहिचान गरी यथाशिघ्र राहत उपलब्ध गराउने बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ