arrow

साउदीमा एकै दिन १,७०१ जना कोरोना संक्रमित भेटिए, शुक्रबारसम्म २२९ को गयो ज्यान

logo
अरशद शेष राई,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
saudi-abaria-corona.jpg

साउदी अरेबिया। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई रोक्न तथा आफ्नो देशमा थप फैलिन नदिनका लागि साउदी सरकारले प्रयासहरु गरे पनि संक्रमितहरु बढ्दै गएका छन ।

चीनको बुहान शहरबाट शुरु भई बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ- नयाँ संक्रमितहरु भेटिनुका साथ साथै मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन वृद्धि हुँदै गएको हो ।

साउदी सरकारले ठूलो संख्यामा स्क्रिनिङ गराएपछि साउदी अधिराज्यभरीबाट नै कोरोना भाइरसको नयाँ नयाँ संक्रमितहरु भेटिन थालेका हुन । शुक्रबार मात्र १,७०१ जना नयाँ कोरोना संक्रमितहरु भेटिएको  साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ । 

साउदी अरेबियामा बिहीबार भेटिएका नयाँ कोरोना भाइरस संक्रमित हुनेहरुमा जेद्दा ३७३, मदिना ३०८, मक्का २४६, रियाद १४२, दम्माम १३०, जुबैल १२२, बीशह ७५, हुफुफ ६८, ताइफ ६२, खोबर ४१, अल बीशह २९, यन्बु अल बदर २३, हदा १० र दरिइययहमा १० जना रहेका छन ।

त्यसैगरि तबुक ८, अल कुनफुदहा ७, वादीकर ६, जुलफी ४, सफवा ३, बुरैदा ३,अलम ३, खरज ३, जफर २, कातीफ, जहरान, नाएखा, एस, तलसीस, लीस, बलजरसी, अल मखबी, दबवा, रफहा, इफर अलबतानी, सरीबान, अरअर, बादी दवासरी, सदिक तथा अल दवादमीमा एक/एक जना संक्रमित रहेका साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियामा शुक्रबार सम्म २२९ जनाको ज्यान गईसकेको छ भने ३५,४३२ जना संक्रमित रहेका छन । हाल सम्म ९,१२० उपचारपछि निको भएको स्वास्थ्य मंत्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ