arrow

‘जातीय सद्भावमा आँच आउने काम नगरौं’

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
nepali-congress-flag.jpg.jpeg

पोखरा । नेपाली काँग्रेस कास्कीले जातीय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ ।

पछिल्लो समय पोखरा १६ लामाचौरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जातीय सद्भावमा आँच आउने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ ।

विश्व कोरोनाको महामारीमा रहेका बेला समाजका नागरिकबीच असमझ्दारी बढ्नु दुःखद् विषय भएको भन्दै संयमता अपनाउन आग्रह गरिएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा घटनाको विषयमा मुद्वा दर्ता भएकाले कानूनी रुपमा निरुपण हुने भन्दै सबै व्यक्ति र समुदायलाई सम्वेदनशील बन्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा घटनाका बारे चासो र दोषिमाथि कारबाहीको माग लिएर प्रहरी समक्ष पुगेका पत्रकार र अभियन्तालाई निर्मम लाठिचार्ज गरिएकोमा खेद प्रकट गर्दै आगामि दिनमा संयमित बन्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ