arrow

निजामती कर्मचारी अस्पतालको सेवा नियमित

logo
रासस,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
civil-service-hospital-nepal.jpg

काठमाडौं। मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ। लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो। अस्पतालले दुई सातादेखि ओपिडी नियमितरूपमा सञ्चालन गरिरहेको छ भने अन्य जटिल प्रकारका बिरामीको पनि उपचार गर्दै आएको छ। स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालले राससलाई जानकारी दिए।

उनले अस्पतालमा आँखा र दाँतको उपचारबाहेक अस्पतालले दिने अन्य सबैखाले उपचार सेवा उपलब्ध गराइएको बताए। प्रशासकीय अधिकृत नेपालका अनुसार अहिले दैनिक २०० हाराहारी बिरामीले ओपिडी सेवा लिइरहेका छन्। पहिला सामान्य अवस्थामा बढीमा एक हजार २०० बिरामी ओपिडी सेवामा हुन्थे। अस्पतालले लकडाउन जारी भएपछि शुरुमा बिनाटिकट बिरामीको उपचार गरेको थियो भने पछिल्लोपटक सेवा नियमित गरेपछि टिकट काटेर सेवा दिएको जनाएको छ।

अस्पतालले कोभिड–१९ का बिरामीलाई लक्षित गरेर ‘फिवर क्लिनिक’ सञ्चालन गरिरहेको छ। कोभिडका शङ्कास्पद बिरामी देखिएको अवस्थामा अन्य कोभिड उपचार हुने अस्पतालमा सिफारिस गर्ने गरिएको अस्पतालले जनाएको छ। क्लिनिकमा धेरै सङ्ख्यामा बिरामी आएका छैनन्। अस्पतालले प्रसूति सेवा नियमित गरिरहेको छ । हाडजोर्नीलगायतको शल्यक्रिया पनि गरिँदै आएको प्रशासकीय अधिकृत नेपालले बताए।

अस्पतालले स्वास्थ्य परीक्षण ‘होलबडी चेकअप’ को सेवा दिए पनि साधारण अवस्थाका बिरामीलाई सेवा दिएको छैन। त्यो भनेको सामान्य अवस्थामा व्यक्तिको इच्छाअनुरुपका स–साना परीक्षणलाई रोकिएको छ। चिकित्सकको सिफारिसअनुसारका मात्रै परीक्षण गरिने गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ