arrow

आइपीएलमा लिगलिडर र पुछारटोलीको भिडन्त : गुजरातको दोस्रो हार, पन्जावको दोस्रो जित

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
murali.jpg.jpeg
एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा किङ्ग्स एलेभेन पन्जाव २३ रनले विजयी भएको छ । राजकोटमा भएको खेलमा गुजरात लायन्स पराजित भयो । लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको लायन्स पुछारमा रहेको पन्जावसंग पराजित भएको छ । 
 
गुजरातले योसंगै लिगमा २ खेल गुमाएको छ । उसको ८ खेलबाट १२ अंक छ । यद्यपि, शीर्षतामा भने यो हारले आसै फरक पारेको छैन । पुछारको पन्जावले बल्ल दुई खेल जितेको छ । यो जितले उसको ४ अंक भएको छ । 
 
पन्जावले दिएको १ सय ५५ रनको चुनौती पछ्याएको लायन्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३१ रनमै समेटियो । लायन्सका लागि जेम्स फल्कनरले ३२ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । लायन्सलाई सस्तैमा समेट्न पन्जावका अक्सर पटेल एक्लैले चार विकेट लिए । यस्तै, मोहित शर्माले ३ विकेट चट्काए  । 
 
टस हारेर पहिले व्याटिङ गरेको पन्जावले १९ ओभर ५ बलमा अलआउट हुनुपूर्व  १ सय ५४ रन बनायो  । उसका लागि कप्तान मुरली विजयले ५५ रन बनाए । विजयको रन नै टोलीको दोस्रो जितका लागि महत्वपूर्ण बन्यो । किपर ऋदिमान साहले ३३ तथा डेभिड मिलरले ३१ रनको योगदान गरे । बलिङतर्फ शिविल कौशिकले ३ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ