- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जब डा लि वेनलियाङ ७ फेब्रुअरीमा कोभिड–१९ बाट मरे तब चिनियाँ इन्टरनेटमा शोक र क्रोधको अभूतपूर्व लहर देखियो । ती तिनै डाक्टर थिए जसले डिसेम्बरको अन्तिममा चीनको वुहानबाट कोरोना भाइरस फैलिएको भन्दै सचेत रहन आफ्ना सहयोगीहरुलाई चेतावनी दिइसकेका थिए । तर यसबारेमा चिनियाँ अधिकारीहरुले केही बोलेनन् । डाक्टरलाई सार्वजनिक स्थलमा नबोल्न चेतावनी दिए ।
प्रशासनले डाक्टरलाई चुप लगायो । प्रकोप सुरु भयो । यसको आक्रोश बढ्दो थियो । एकाएक मानिसबाट मानिसमा यो रोग सर्ने भयो । त्यसको कारण पीपीई थियो । चिकित्साकर्मीहरुका लागि पीपीईको अभाव सिर्जना भएको बताइयो । अनि वुहान रेडक्रसबाट दिइएका पीपीई र त्यसको चरम दुरुपयोग भएको चर्चा पनि भयो । एकाएक संक्रमित र पीडितको संख्या आकासिँदै गयो ।
सामान्य नागरिकको अवस्था दयनीय बन्दै गयो । अवस्था यतिसम्म विकराल भयो कि त्यसको चर्को आलोचना भयो । केही पर्यवेक्षकहरुले चीनको ‘चिर्नोबिल क्षण’ भनी संकटको चित्रण गरे । यद्यपि कोरोनाको महामारी अहिले नियन्त्रणमा आएको छ । आलोचनात्मक स्वर हराउँदै गएको छ ।
तर वुहानमा अझै रिस मरेको छैन । जहाँ केही असन्तुष्टहरु अझै आधिकारिक विजयी कथालाई प्रतिरोध गर्न संघर्ष गरिरहेका छन् । एउटा निश्चय गर्न यो गाह्रो छ कि नियमित रुपमा आलोचनालाई दवाउन उद्धत चीन सरकारले कसरी त्यस्ता आलोचनालाई दवाइरहेको छ । महामारीको प्रतिक्रियाबाट असन्तुष्टी धेरै नै हदसम्म दबिएको छ र राष्ट्रवादी भावनाहरु बढ्दै गएका छन् । यस्तो भावना खासगरी कम प्रभावित चीनको भागमा बढी देखिएको छ । चीनको वुहानबाट फैलिएको उक्त कोरोना भाइरस हुवेइ प्रान्तमा ९७ प्रतिशत फैलिएको छ भने बाँकी ३ प्रतिशत अन्य प्रान्तमा फैलिएको छ ।
वक्रको तुलनात्मक रुपमा सफल र शीघ्र समतलता भए पनि सार्वजनिक भावनात्मक परिवर्तनमा योगदान पुर्याउने एकमात्र कारक भने यो पक्कै हैन । विगतका संकटहरुमा जस्तै राजनीतिक प्रणालीमा संरचनात्मक समस्याहरु उदांगो पार्दै चिनियाँ पार्टी राज्यले असहमतिलाई दबाउन र विश्वास पाउन कडा र नरम उपकरणको एकैसाथ प्रयोग गर्यो ।
यसलाई म ‘आपतकाल राष्ट्रवाद’ भन्छु जसमा सेन्सरसिप, असन्तुष्टहरुको क्रयाकडाउन, नोकरशाही र एक प्रयास गरिएको परीक्षण सूत्रको प्रयोग गरियो । यो सन् २००८ को सिचुआन भूकम्पजस्तो विगतको विपत्ति नभई कोभिड–१९ र अन्तर्राष्ट्रिय शक्ति गतिशीलताको विश्वव्यापी विकासले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
अधिनायकवादी लचिलोपन र विपद् राष्ट्रियता
राजनीतिक वैज्ञानिकहरुले तानाशाही लचिलोपन वा उत्तरदायी अधिनायकवादको अवधारणाको प्रयोग गरी चिनियाँ शासनले विना लोकतान्त्रिकरण निश्चित सहभागिता र उत्तरदायित्वको केही अंश अनुमति प्रदान गर्ने तरिकाको वर्णन गरेका छन् । संकटको समयमा तीव्रतर परिवर्तित राजनीतिक प्रणालीबाट नै व्यक्तिगत स्थानीय अधिकारीहरुको लागि दोष सार्न सार्स जस्तो महामारी नियन्त्रण प्रणालीको सुधार जस्ता टेक्नोक्रेटिक सुधार र राजनीतिक सञ्चारको रणनीति अपनाइएको छ । जसले यसको प्रतिक्रिया र जनतालाई सामेल गर्दछ।
उदाहरणका लागि पार्टी राज्यले डा लि वेनलियाङलाई श्रद्धाञ्जलि दिने समयसमेत व्यर्थमा खेर फालेन । जहाँसम्म उनलाई आधिकारिक रूपमा एक ‘शहीद’ को रुपमा मान्यता दिइयो । उनको मृत्यु लगत्तै बेइजिङस्थित टेक्नोलोजी कम्पनीले सार्वजनिक भावना विश्लेषण रिपोर्ट सरकारलाई पेश गर्यो र अनलाइनमा कसरी आक्रोशपूर्ण व्यवहार भयो भन्ने बारेमा सिफारिस पेश गर्यो ।
राष्ट्रिय पर्यवेक्षक समितिले वुहानलाई डा लीसँग सम्बन्धित मामिलाहरुको छानबिन गर्न विशेष टोली पठाएको थियो र उनीहरुले अचम्मका साथ तल्लो तप्का र सम्बन्धित प्रहरी अधिकारीहरुलाई जवाफदेही बनाउने निर्णय गरेको थियो । प्रणालीमा संरचनात्मक समस्याहरुबाट क्रोध कम गर्न र ध्यान विचलित गर्न व्यक्तिगत र स्थानीय अभिनेताहरुलाई दण्ड दिने बानी बसिरहन्छ। हुबेई र वुहानका शीर्ष अधिकारीहरुलाई फेब्रुअरीको मध्यमा प्रतिस्थापित गरियो। शान्डोङ प्रान्तको कारागारमा यसको प्रकोप बढेको थाहा पाएपछि जेलदेखि प्रान्त सरकारका जिम्मेवार अधिकारीहरू सम्मिलित धेरै व्यक्तिलाई कार्यालयबाट हटाइयो ।
प्राविधिक समायोजनको सन्दर्भमा महामारीको प्रतिक्रिया प्रणालीमा सुधार ल्याउने र जनस्वास्थ्य संकटको प्रबन्धन सम्बन्धी बहस चलिरहेको छ । जसमा मुख्यतया कानुनमा केन्द्रित छ । राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड १९ मा राष्ट्रिय विज्ञ समुहले फेब्रुअरीमा दुई कानुनी विज्ञ भर्ना गर्यो । संक्रामक रोगहरूको रोकथाम र उपचार सम्बन्धी अवस्थित कानुनमा संशोधनको आव्हानको अतिरिक्त सार्वजनिक स्वास्थ्यको क्षेत्रमा १७ अन्य कानुनी साधनहरू संशोधन गरिनेछ ।
दोहोरो सोचको खतरा
चिनियाँ अधिकारीको सापेक्ष सफलता चीनमा फैलिएको र अन्य देशहरुमा विशेष गरी पश्चिमी प्रजातन्त्रमा महामारीको दखलसहित चिनियाँ पार्टी राज्यको आन्तरिक र विश्वव्यापी दुबै कथा परिवर्तन गर्ने अवसर पैदा भएको छ अधिक सफलता प्राप्त गर्नका लागि । जब चिनियाँ सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो रुचाइएको कथा बेच्न कोशिस गरेको छ त्यति नै बेला पश्चिमी राष्ट्रहरुबीच घरायसी राष्ट्रियता बढाएको छ ।
यसमा कुनै छक्कलाग्दो कुरा होइन कि शत्रुतापूर्ण अन्तर्राष्ट्रिय वातावरणले राष्ट्रियतालाई प्राथमिकता दिएको छ । चिनियाँ जनताले प्रायः पश्चिमी सरकारले लगाएको आरोप नराम्रो विश्वासमा रहेको ठानेका छन् । विशेष गरी त्यस्ता अन्तर्राष्ट्रिय अभिनेताहरु चुप लागेका बेला चीनमा धेरैले जनवरी र फेब्रुअरीको शुरुमा कभरअप र अयोग्यताको लागि सरकारको कडा आलोचना गरिरहेका थिए ।
अंग्रेजी र जर्मन भाषामा फ्याङ फ्याङ वुहान डायरीको अनुसूचित प्रकाशन विरुद्ध अनलाइन प्रतिक्रिया भनेको दोहोरो सोचले कसरी बहसलाई द्रुत रुपमा विकृत बनायो भन्ने एक उत्तम उदाहरण हो। (मेड इन चाइना जर्नलबाट)