arrow

अमेरिकामा १४.७ प्रतिशत बेराजगारी

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
USA-states-color-map.jpg

वासिङ्टन। अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोनाभाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ ।अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् । गत मार्च महिनामा सात लाख दश हजार मानिसले रोजगारी गुमाएका थिए। 

कोरोनाभाइरसको संक्रमण फैलिन जान थालेपछि सामाजिक दुरी कायम गर्नु पर्ने र अन्य स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकाले करिब ३१ करोड घरमै बसेका छन् । हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको छ । 

अधिकारीहरुका अनुसार अमेरिकामा पहिलो पटक सवैभन्दा धेरै मानिसले बेरोजगारी भत्ताका लागि फाराम भरेका छन् । पछिल्लो विवरणमा ३ करोड ३० लाख नागरिकले बेरोजगारी भत्ताको माग गरेका छन् ।
बेरोजगारको संख्या बढ्दै जाने र उद्योग व्यापार बन्द हुदै जाने गरेकाले अमेरिकी सरकारले विभिन्न राहतका व्याकेजहरु पनि घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ